Posted by: Rahuldai March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

घात-प्रतिघातले आघात रक्त केशिकाहरु
लेफ्ट भेन्ट्रिकलमा सकी नसकी प्रबेश गर्छन्।
मन न हो, सहन खोज्छ।
मन न हो बहन खोज्छ ।
  
 एओर्टालाई संग साउती गर्छ , बिन्ती गर्छ । 
बिष पखाल्न फोक्सोतिर पठाउ भन्छ।


 
 बिचरा फोक्सो,
बेइमानी, विश्वाशघातले अक्रान्त छ,
झुठर फटयाइंको प्रदुषणले असक्त छ,
सग्लो रगत,  मुटुभित्र फिर्दैन ।
पाप र श्राप रहित मुटु भित्र हुल्दैन। 


र यसरीलाई हृदय घात हुन्छ,
जिन्दगी जलिरहेको आर्यघाट हुन्छ।

Read Full Discussion Thread for this article