लौ न त्यो हर्क दाइका के के जाती लिस्टेड मा म चै कुन मा पर्ने होला भनेर सोच्दा सोच्दै ५ मिनेट त गैसकेछ।
ठुल्दाइ लाई त्यो तरक को काजु र भुजा जती खाएनी खाँउ खाँउ लाग्ने किन भएको होला? त्यो सोच्दा अर्को ५ मिनेट गएछ।
चिप्लुको दोलाघाट को माछा कती अगाडि र को सँग खाएको त्यो सोच्दा त झन १० मिनेट नै गएछ।
माइला दाई आज कती दिन मा आउनु भएछ भनेर खोज्दा कती मिनेट गयो हेर्न पनि बिर्सेंछु।
मेरो मामाले लन्च खानु भयो कि छैन होला भनेर सोच्दा ठ्याक्कै ३ मिनेट गएछ।
बौचा र रिट्ठे लाई ओहो तिनिहरु त साथी हुन फेरी ९ दिन नौलो अनी २० दिन मा बिर्स्यो हुन के बेर भनेर चौतारीमा लेख्न लागेकी ठ्याक्कै सात मिनेट
अनी के छ त? सबै जना आरामै हो?
लौ यतिका मिनेट गैहाल्यो अब के कुरा गरेर बस्नु?
ए लौ न नमस्कार है सबैलाई। मामालाई दर्शन। ठुल्दाइ लाई तारेमाम।
आउँदै जाँदै गरौला नि मरी लानु के नै छ र?