Posted by: sumedhu March 25, 2009
प्रमपुत्रले रक्सी पिउँदा हामीलाई पेलान
Login in to Rate this Post:     0       ?        

यो यस कारण महत्वपूर्ण र जरूरी छ:


- माओवादी जसले हिजो तथाकथित जनयुद्दताका गाउँघरतिर तास खेल्नेलाई मुखमा तास कोचाउने देखि रक्सी पिउने वा बेच्नेलाई रक्सिले नुहाइदिने , पोखाइदिने र भाँडा फुटाइदिने , पिट्ने, अंगभंग गर्ने वा गाउँ निकाला गर्ने गर्थ्यो वा यस्तै अभियोगमा मान्छे मार्ने पनि गर्थ्यो , आज त्यही ग्यांग प्रमुख नेताको छोराले आज जे गरिरहेछ त्यो कुरा व्यक्तिगत ठानेर नजरअन्दाज हुनसक्छ ?


सक्दैन, जनताको स्मरण शक्ति त्यति कमजोड छैन कि हिजो माओवादीले जे गरेर जनतालाई सतायो त्यो २ वर्षको अन्तरालमा बिर्सिन सकियोस् । जनतालई हिजो  माओवादीले झैँ त्यही अभियोगमा प्रधानमन्त्री पुत्र मार्ने अधिकार त नहोला, तर तिनीहरूको आडम्बरको आलोचना वा त्यो विषयमा प्रश्न उठाउने अधिकार छैन ?


हो व्यक्तिगत जीवन जिउने अधिकार सबैलाई हुन्छ तर के माओवादीले हिजोदेखि आजसम्म कसैलाई व्यक्तिगत जीवन जिउने अधिकार दियो र हामीले आलोचना गर्न पनि नपाइने ? प्रचण्डपुत्रको तमाशाको समाचार हेर्न नसक्ने माओवादी चाकडीवाजहरूलाई यी प्रश्नको जवाफ दिन आग्रह गर्छु ।

Read Full Discussion Thread for this article