Posted by: sumedhu March 25, 2009
प्रमपुत्रले रक्सी पिउँदा हामीलाई पेलान
Login in to Rate this Post:     0       ?        

प्रकाशको ‘क्रान्तिकारी ढलान’ 



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले मदिरा सेवन गरी लठ्ठिएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्री पुत्र फेरि एकपटक विवादमा तानिएका छन्। यस प्रकरणले प्रकाश प्रचण्डका योग्य पुत्र हुन् कि होइनन् भन्ने विषयमा प्रचण्ड परिवारभित्र र बाहिर गम्भीर चिन्ता उत्पन्न गराएको छ। धुलिखेल रिसोर्टमा साँझ मदिराले लठ्ठिएर ढलेकै दिन आइत्ाबार दिउँसो प्रकाशले सिंहदरबारभित्र पनि बबन्डर मच्चाइदिएको समाचार प्राप्त भएको छ।  
गत आइत्ाबार दिउँसो ३ बजेतिर सिंहदरबारभित्रै भएको उक्त घटनामा एकजना पत्रकार दुर्घटनामा पर्नबाट बालबाल बचेका थिए। सिंहदरबारभित्र रहेको मेन बाटोबाट अर्थ मन्त्रालय छिर्ने घुम्तीको मोडमा यस्तो भएको थियो। कर पत्रिकाका पत्रकार सरोज खनाल मोटरसाइकल रोकेर त्यस दिन बाटोको देब्रे किनारा (आफ्नै साइड) मा बसेका थिए। उनी नेपाल टेलिभिजनका पत्रकार महासङ्घका अध्यक्ष प्रदीप्ा चापागाईं र अर्का एकजना फोटोग्राफरसँग गफिएर बसिरहेका बेला साइरन बजाउँदै एउटा गाडी हुत्तिएर आइपुगेको थियो। साइरन प्रधानमन्त्री प्रचण्डको सवारीका लागि बजेको थिएन, आफ्नै सवारीका लागि प्रचण्डका पुत्र प्रकाशले बजाएका थिए। र, प्रकाशले तीव्र गतिमा हाँकेको गाडी पत्रकार खनालको छेउबाट अगाडि हुत्तियो। गाडीको वेग हेर्दा पत्रकार खनाललाई पनि 'मरियो' भन्ने लागेको थियो। तर, अगाडि गाडी  
रोकेर प्रकाश राता आँखा पारी नबुझिने शब्दमा गाली गर्दै हुइँकिएका थिए। खनाललाई ती प्रचण्डका पुत्र हुन् भन्ने पनि पछि मात्रै थाहा भयो भने टेलिभिजनका पत्रकार प्रदीपसमेत उक्त घटनाबाट छक्क परे। चार इञ्चजति मात्रै परबाट प्रकाशको गाडी यदि उछिट्टिएको भए के हुने थियो? यसै भन्न सकिने अवस्था थिएन।  
त्यही दिन साँझ प्रधानमन्त्रीका पुत्र प्रकाशले धुलिखेल लज रिसोर्टमा आफूले धान्न सक्नेभन्दा बढी मदिरा पिएर कुर्सीमै निदाएपछि उनी थप विवाद र चर्चामा आएका हुन्। कम्प्युटर अधिकृतका रूपमा सरकारी तलब खुवाएर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका प्रकाशले पहिलोपटक यसरी मदिरा सेवन गरेका भने होइनन् र यो चर्चा उनको यो पहिलो पनि होइन। यसअघि घटना र विचारले नै प्रकाशले बालुवाटारमा 'मापसे' गरेर कुकुरलाई चुप्पा खाएको समाचार प्रकाशन गरेको थियो। सुरुमा धेरैले त्यसलाई हल्का रूपमा लिए पनि धुलिखेल र सिंहदरबारभित्रको घटनाले प्रधानमन्त्री पुत्रको वास्तविक चरित्र देखाएको छ। प्रकाशको यस्तो व्यवहारले आफूलाई कति फाइदा पुग्छ कि घाटा भन्ने विषयमा प्रधानमन्त्रीले कति महसुस गर्नुभएको छ अथवा उहाँका सहयोगीहरूले बुझाउन सकेका छन्, त्यो भने हेर्न बाँकी नै छ। 
 


Ghatana ra vichar ( 25/03/2009)

Read Full Discussion Thread for this article