Posted by: lopchanlama March 24, 2009
बधाई प्रचन्ड
Login in to Rate this Post:     1       ?         Liked by

जनताले के पायो


 


बाह्र बर्ष गोली बर्सायो


कलीला हातहरुमा बम -बन्दुक थमायो


गाविसा-चौकी लडायो,टावर-पुल उढायो


भएको संरक्षण भत्कानु-भत्कायो


युवा शक्ती बिदेश भगायो


सिङो देश अन्धकारमा सुतायो


शान्त देशमा, तराइ-मदेश भड्कायो


वाइसियलको बलमा ढाड मर्कायो


कहिले महंगिले जनताको तालु ठटायो


कहिले अपहरण कहिले चन्दा आतंक मच्चायो


तै पनि विश्वाश गरी चुनावमा जितायो


संबिधान, देश बनायो?


छातीमा हात राखेर भन


बाबुराम अनी प्रचन्ड


फोस्रो तिम्रो जन-आन्दोलनले


आखिर जनताले के पायो?


 

Read Full Discussion Thread for this article