चिप्ले ले सक्क्याएरै छाड्यो,लेख्दै जाने हो भने कहिले नसक्केल्ला जस्तो लागेर हो,कि के हो गुरु ?
जोक्स अपार्ट, जसरी पहिलो भाग (घर छाड्दाको भाग)ले भाबुक बनाएको थियो,तेसरी नै यो भाग ले मनमा चसक्क घोच्यो,
शायद आफुपनी तेही बाटो बाट गुज्रिएको भएर होला। म आएकोपनि ९ दिन पछी एक्जना मेरै कलेजमा आउने साथी को हातमा तेसै गरी मेरो नेपाल छाड्दा को फोटोहरु र चिट्ठी आउँदा, चिट्ठी पुरै पढ्न नपाउदै म रेस्ट्रुम तिर दौडिएको थिए,मन थाम्न नसकेर। र झन तेतिबेला २ बर्ष नि नपुगेको भान्जो (जो म सँग एकदमै रत्तिन्थ्यो) बिस्टे मामा त हुइय गयो भनेर लेखेको पढेर त झनै गाह्रो भएर आएको थियो,केही दिन्पछी मात्र पुरा गरे त्यो चिट्ठी। अहिले उ नै १५ बर्षा पुगी सको अनी बिस्टे मामा झनै बुढो।
ल है गुरु यो लेख चाइ प्रिन्ट ठोकेर राख्नु भोली पर्सी छोरा छोरी लाई सुनाउन अनी आँफै पढ्न नि रमाइलो हुन्छ।
हुन त तिम्रो त दिमाग्मै पुरै एक एक कुरा जस्ता तस्तै राइछ तेही पनि।
झन्डै ७ महिना देखी हरेक भाग उत्तिकै मजा लिदै पढ्दै आए आज समाप्ती ठोक्दिएर चै अली खल्लो लाग्यो।
ल गुरु अब अर्को लेख्न कम्मर कसम है।