Posted by: Geology Tiger March 22, 2009
अष्ट्रेलियामा नेपाली युबती को बिजोग
Login in to Rate this Post:     0       ?        

 


पहिलो कुरा आयो यो समाचार झुटो हो कि साँचो? अनी साँचो भए कत्तिको साँचो हो? हुनत: चलन के हो भने बाहिर समाजमा ठस्ठस् गनाउने भईसक्दा पनि हाम्रा सम्बन्धित अधिकारीहरु आँखा चिम्लेर बसी रहेका हुन्थे, तर यो चोटि ठीक उल्टो भयो, अष्ट्रेलियामा रहेका नेपाली साथीभाईबाट केही जानकारी आएन बरु सिधै राजदूत महाशयको पत्र आएको कुरा समाचारमा आयो। यो हुन नहुने कुरा भईरहेको छ भन्ने कुरा म कसैको बिमती नहोला। तर कुरा आँउछ यसको लागि जिम्मेबार को र यसलाई कसरी रोक्ने? कति साथीहरुको भनाई के आयो भने जो केटीहरु यस कुरामा संलग्न छन् तिनिहरुनै दोषी हुन्, तर मेरो भनाई के हो भने हामी सबै दोष ती केटीहरुको टाउकोमा हालेर उम्कन पाउँदैनौ। केटीहरु पनि दोषी छन् यस अर्थमा कि उनीहरु साथीको लहै लहैमा लागे, पढ्न जाने, अष्ट्रेलिया जाने भनेर ठुलो ठुलो सपना देखेर विदेशिए, तर कहिले पनि विदेशको यथार्थता बुझ्न कोसिस गरेनन्, अष्ट्रेलियामा आएपछी काम पाउन सकेनन्, घरमा पैसा मागिरहन पनि नमिल्ने भयो। शायद केही केटीले आफ्नै खुशीले सुरु गरे अनी पछी धेरैले उनिहरुको लह लहैमा लगेर यो पेशा अपनाएको हुन सक्छ, र अर्को कुरा धेरै साथीहरुले औलाए जस्तै त्यहाँको खुला बातावरणले पनि उनिहरुलाई प्रेरित गरेको हुन सक्छ। तर आफ्ना छोरा छोरीहरुलाई बिदेश पढ्न पठाउदाँ त्यससँग सम्बन्धित सबै कुराहरुमा राम्रो बिचार नपुराइ छोरा छोरी बिदेश गए भने के के न हुन्छ भन्ने बाबु आमा पनि कम जिम्मेबार छैनन्। अझ विद्यार्थीहरुको भबिश्यमाथि खेल्वाड गरी आफुले पाउने कन्सलट्यान्सी फी र कमिसन कमाउन पल्केका कन्सलट्यान्सीहरु पनि उत्तिकै जिम्मेवार छन्। अनी भोली देशको लागि कस्तो जनशक्तिको आबस्यक्ता पर्छ र कस्तो कस्तो बिषयमा नेपाली विद्यार्थीलाई पढ्न पठाउने र भोली उनिहरुले उच्च शिक्षा हासिल गरे पछी नेपालमा नै फर्केर आउने बातावरण कसरी बनाउने भन्ने बिषयमा केही सोच बिचार, बहश,निती निर्माण र निर्णय नगरने राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालय भन्ने सरकारी भाडोँको के काम? हाकिमहरुका स्वास्नीलाई चिल्ला गाडीमा घुमाउन मात्रै हो? भएभरका नेपाली चेलीलाई कूकरीमा पढ्न पठाएर के हुन्छ? अनी राजनैतीक पार्टीका तलुवा चाट्दै हिंड्ने, स्ववियु पदाधिकरी नामक हड्डीको लागि लुछचुडीँ गर्ने विद्यर्थी संगठन नाम गरेका जाठाँहरुको काम के हो? बिदेशमा उच्च शिक्षा हासिल गर्न चाहने हरेक नेपाली विद्यार्थी र अभिभाबकले बुझ्न पर्ने कुरा के हो भने कि कलेज र विश्वविध्यालयको आर्थिक सहयोग कि त्यहाँ वारीपरी काम पाउने ग्यरन्टी कि आफ्नै आर्थिक श्रोतको ब्यबस्थाबिना बिदेशमा पढ्न जानु र पठाउनु भनेको अनेकौ समस्या निम्त्याउनु हो।
 


 

Read Full Discussion Thread for this article