Posted by: chipledhunga March 20, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
बनको बाघले नखाए नि मनको बाघले खाला
रोजी खोजी हिंड्यौ भने ज्योबन खेर जाला
अनि रुनु पर्ला कुना पसेर
बुढो पोइको जुम्रा हेर्न बसेर

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। लोड्शेडिङको अँध्यारोमा केलीले पूरेलाई देख्दै देखिनछ। हिंजो मैले उसको भाग चिया खाइदिएको, आज चाँही एक कप सुरुप्प पारेर जान्छु भनेर बसेको जस्तो छ। खाओस् खाओस् त्यो बासी चिया, जम्मै खाए नि खाओस्।
हर्केले पनि क्रम भङ्ग गरेर गएछ हिंजो राती। सँधै बङ्गुरको मासु भन्ने मान्छे रातो भाले गीत पो राखेछ।
ठुल्दाइ तारेमाम। केली, ताजा चिया खान पाम।
आउँदै गरेकालाई शुभप्रभात।
Read Full Discussion Thread for this article