Posted by: Rahuldai March 19, 2009
what do u think abt college election..?
Login in to Rate this Post:     0       ?        

स्ववियु चुनाव/सिन्धुलीमा क्रान्तिकारीद्वारा बुथ कब्जा


 







काठमाडौं-, चैत ६ - सिन्धुली क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचन बुथ वाईसीएल र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।

उनीहरुले ढुंगामुढा गरेर अरु मतदातालाई भगाएपछि आफ्नो विजय घोषणा गर्न निर्वाचन समितिलाई दवाव दिदै मतदान केन्द्र घेराउ गरिरहेका छन् ।

स्थानीय वासिन्दाका अनुसार क्रान्तिकारीले आफ््ना समर्थकलाई बिहीबार विहान २ बजेदेखि मतदाताको लाइनमा राखेको थिए । आफ्नो मत खसिसकेपछि विवाद झिकेर अरु संगठनका समर्थकलाई मतदान गर्न नदिन ढुंगामुढा गरेका थिए ।

क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल र अनेरास्ववियु -क्रान्तिकारी)बीच प्रतिस्पर्धा हँुदै थियो । अनेरास्ववियुबाट निर्वाचन प्रतिनिधि बसेकी गीता घिमिरेका अनुसार अहिले अन्य संगठनका समर्थक विद्यार्थी क्याम्पसमा छैनन् । बुथलाई वाईसीएलले घेरिरहेका छन् । सशस्त्र प्रहरीले बुथमा सुरक्षा दिइरहेको छ । क्रान्तिकारीले आफ्नो प्यानललाई विजयी घोषणा गर्न दवाव दिइरहेको छ ।

निर्वाचनमा सुरक्षा नदिएको भन्दै नेविसंघ र अनेरास्ववियुले जिल्ला प्रशासन घेराउ गरेका छन् । वाईसीएलको घेराउमा परेका अन्य विद्यार्थी सगठनका निर्वाचन प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीको उद्दारका लागि प्रमुख जिल्ला अधिकारीले गाडी पठाइ दिएको जानकारी आएको घिमिरेले बताइन् । 

संचारकर्मी पिटीए

निर्वाचनको पर्यवेक्षण गर्न गएका पत्रकार कृष्णहरि घिमिरेलाई स्थानीय जनक लामाले कुटपिट गरेका छन् । पत्रकार लोकहरि आचार्यका अनुसार घिमिरेको टाउकोमा गम्भिर चोट लागेको छ । पिट्ने लामा कुन समूहका हुन् भन्ने खुलेको छैन । रेडियो सिन्धुलीका अध्यक्षसमेत रहेका घिमिरेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । उनलाई उपचारार्थ बाहिर लैजानुपर्ने चिकित्सकले बताएको आचार्यले जानकारी दिए ।



http://www.ekantipur.com/nepali/kolmain.php?&nid=185339

Read Full Discussion Thread for this article