Posted by: ritthe March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

टिर्‍रर्‍र टिर्‍रर्‍र टिर्रर


ठुल्दाइ: हेल्लो


दोश्रो ब्यक्ती: तारेमाम दाई


ठुल्दाइ; तारेमाम, तारेमाम ! को बोल्नु भयो स्वर नै चिनिएन त !


दोश्रो ब्यक्ती: ए दाईले कस्तो नचिनेको त ! हुन त यो भन्दा अगाडि एक पटक मात्र हाम्रो कुरा भको छ तेइ भएर गाह्रो भो होला चिन्न ! तेइ पनि कोशीस गर्नुस् न है !


ठुल्दाइ: हर्के जी हो?


हर्के: ठ्याक्कै चिनी हाल्नु भयो नि दाईले ! हा हा अनी दाई, आरामै हुनुन्छ !


ठुल्दाइ: अँss आरामै भन्नु पर्‍यो ! अनी तपाईंको सुनाउनुस् के छ?


हर्के: मेरो पनि ठिकै भन्नु पर्‍यो दाई ! अनी दाईको खान पिन भयो त दाई?


ठुल्दाइ: अँss खान पिन भएर अब अन्तिम चिलिम ब्रेकमा निस्क्न लागेको !


हर्के: चिलिम ब्रेक ! एsss हा हा


ठुल्दाइ: अँss अब आजको अन्तिम चिलिम ब्रेक गरेपछी अनी सुत्ने तरखर गर्नु पर्छ ! भोली फेरी अड्डा जानु त छदैछ नि !


हर्के: अनी दाई के छ त्यता तिर नयाँ नौलो सुनाउनुस् न ! म:म कत्तिको खाँदै हुनुन्छ?


ठुल्दाइ: नयाँ नौलो खासै केही छैन ! म:म नखाको २ हप्ता भईसक्यो ! अस्ती रिट्ठे आको बेलामा खाइया थियो तेस्पछी यता खाको छैनम ! अब यस्तो गर्मी मा के धेरै म:म खाने भनेर नि !


हर्के: एsss रिट्ठे कैले आको थियो त्यता?


ठुल्दाइ: अस्तिको हप्ता शनिबार दिउसो आ'थ्यो अनी म:म स:म बनाएर खाइयो ! तास सास खेलियो गफ गाफ गरियो रमाइलो भयो !


हर्के: रिट्ठे म:म भनेपछी हुरुक्कै हुन्छ पेट फुटुन्जेल खायो होला !


ठुल्दाइ: अँss मजाले खायो रिट्ठेले १ महिनालाई पुग्ने गरी !


हर्के: हो र? हा हा हा हा


ठुल्दाइ: हैन हसाइ त चिने चिने जस्तो लाग्यो नि ! हर्के होइन कि क्या हो !


हर्के (मुसु मुसु हाँस्दै): हो र दाई? को सँग मिल्न गएछ त मेरो हसाइ !


ठुल्दाइ: त्राहिमाम त्राहिमाम अहिले भने ठ्याक्कै चिने नि ! रिट्ठे पो रइछ त हेत्तेरिका ! तारेमाम रिट्ठे


रिट्ठे: हा हा हा हा ठुल्दाइ ! ऐयाsssssssssssss हा हा हा


ठुल्दाइ: ही ही ही रिट्ठे पट्टो ले क्या सित झुक्क्याएर ल्यायो भने !


(अब यस्पछी को वार्तालाप अली बढी नै गोप्य भएको हुनाले सार्वजनिक गर्न नमिल्ने) 

Read Full Discussion Thread for this article