Posted by: Rahuldai March 16, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

~सोच~
अन्तिम भाग


श्रीराममा   जन-आन्दोलन प्रतीको बजारू सोच हुनुमा मलाई आश्चर्य लागेन। उनी हुर्केको बढेको परिबेश र मित्रमण्डलीको संगत को फल थियो त्यो। श्रीराम त्यो टोलको दौतरिहरु मध्ये पढाई मा अब्बल दर्जा का थिए। प्राय पढ्ने पढाउने कर्ममा जोड नदिने समाज को एक सदस्य। पढाई भनेको टाइमपास र फेशन मात्र थियो। एस् एल सी सम्म पुग्दा उनका सबै साथीहरुले स्कूले छोडि सकेका थिए। तै पनि सानै देखिको साथी संगतमा कुनै उल्लेख्य फरक गरेनन। १६-१७ बर्ष मै उनको ग्रुप बेश्यालय धाउने गर्थे रे ।यौन ब्यवसाय गर्ने त्यस्ता अखाडाहरुमा   सधैं छापा मार्ने, पक्राउ गर्ने डर रहने हुनाले कलंकी निर एउटा कोठा नै भाडा मा लिएर बजारू लड्कीहरु संग रात दिन रंगिन गर्थे रे- श्रीराम, सगौरब आफ्नो अनुभव बताउछन टाइम टाइममा। उनका कतिपय साथीहरु "रेप" केसमा जेलमा समेत बिताए रे। आन्दोलन को समयमा यौनकर्मीहरुको अभाव सुरक्षाको कारण भएकै थियो होला। काठमाडौ यात्राको एक उद्देश्य पुरा भएन, खोज "भालु" कै भए, त्यसैले सोच पनि त्यस्तै भए। तर पढाई भने मित्रराष्ट्रका विद्यार्थीको भन्दा तेज थियो नै।


राज, पञ्चायतकालिन मन्त्री, कुटनितिज्ञको छोरा। काजी साहेब। रुस, जर्मनी र बेलायत आदी देशका स्कूल पढेको। पास्चात्य संस्क्रिति र सभ्यतामा  डुबेको ब्यक्ती। आमजनताको कष्ट, बिकास, र स्वतन्त्रताकोसंग कुनै लिनु दिनु थिएन। अज्ञाकारी सुपुत्र, ड्याड ले भनेको कुरा मा विश्वाश नगरी भएन पनि। त्यसैले उनको सोच भन्दा पनि ड्याड को सोच बोलेको थियो त्यती बेला।


दिन बित्दै गयो। आन्दोलनले सुस्त गती मै थियो। हरेक दिन "कन्ट्रोल" रुममा समाचारको खोजिमा हुन्थ्यौं। हामी आधा जती आशाबादी थियौं, आधा केही हुन्न भन्ने श्रीराम, राज र सिनियर महोदय जस्ता "बाल मतलब " मार्का। एक हफ्ता बित्यो, उल्लेख्य कुनै समाचार थिएन।गाली शिरोमणी सिनियर महोदय ले फेरी गाली बर्षाइ हाले। "साले भातमारा हरु, तिमीहरुको आन्दोलन..................... " "यहाँ आफ्नो पढाई सकिन लागि सक्यो, कसरी घर जाने? कसरी जागिर खाने? "


दुर्बासा को रुप धारण गरेको ब्यक्ती सँग दोहरी चलायो यो कि फोहरी खेल हुन्छ भनेर चुप लागें।


चैत्र २४ गते,   शुक्रबार थियो। सुरेश, म र डाकटर गजेन्द्र नयाँ सिनेमाको फस डे फस शो हेर्न गएका थियौं। सिनेमा को नाम चाँही बिर्सेंं, आमिर खान को फिल्म थियो। सिनेमा हेरिवरि खाजा साजा शहर मै भाएर आउँदा साँझ परि सकेको थियो। 



कालेजको गेटमै एक जना नेपाली भाषी भारतीय मित्र ( आसम राज्यको ) भुपाल छेत्री भेट भयो। नेपाली दाजुहरुले तिमीहरु लाई खोज्दै छ। दाहाल सर को कोठामा आउनु रे भनेर भनेको छ ।


हामी लाई खोज्नु अर्थ पक्कै पनि आन्दोलनको बिषयमै हो भन्ने विश्वाश थियो। कन्ट्रोल रुममा सब जना चिन्तित मुद्रामा।
एक जना सिनियर पड्की हाले-


"कहाँ गैराखेको?"
"किन, के भयो? "
"देशमा यस्तो भै सक्यो। नारायण हिटी दरबार अगाडि प्रदर्शनकारीहरु माथि आर्मिले गोली हान्यो। सयौं मरी सक्यो। कती मर्‍यो कसैलाई थाहा छैन।"


मानौं, अघी हामी त्यता भएको भए त्यो नर संहार रोकिन्थ्यो। बि बि सि , अल इडिया रेडियो, भ्वाइस अफ अमेरिकाले फुकी सकेको थ्यो। राती दूर दर्शन को समाचार को समेत हेड लाइन थियो।
"चिन्तित म पनि भएं। दुखित पनि। मेरा त दाई भाई दुबै आन्दोलन को समर्थक । कहीं त्यो नारायण हिटी को................................. । हैन हैन,गएनन होला। आँफै लाई सम्झाएं।



को मर्‍यो होला? कती जना। कसरी निहत्था प्रदर्शणकारीहरु माथि ज्यानमारा गोली चलाऊन सकेका होलान। सेना पनि त मान्छे नै हुन नि। अनेक तर्क बितर्क मनमा खेल्न थाले।


डिनर पछी सबै जना लाई मेस मै भेला गर्ने निर्णय भयो।


इटिङ सकियो, मिटिङ सुरु भयो। मूल त मिटिङ को उद्देश्य अब के गर्ने, कसो गर्ने भन्ने नै थियो। एक जना सिनियर जो पञ्चायतकालिन मन्त्री कै सुपुत्र थिए, बडा क्रान्तिकारी निस्कनु भयो।


"अब यसरी हातमा हात राखेर केही हुन्न। हतियार सहित को क्रान्ति गर्नु पर्छ। आजै चन्दा मागौं। २०-३० वटा बन्दूक किन्ने पैसा उठ्छ।"



क्रान्तिकारी कुरा भए ता पनि हावादारी कुरा थियो त्यो। क्षणिक जोस थियो। लामो छलफल पस्चात भोली नै साइकिले जुलुस निकाल्ने र राजाको पुतला जलाउने निधो गर्‍यौं।



साइकिल जुलुस निकाल्यौं। राजाको पुतला शहर को नामूद पत्रीका को मुख्यालय बाहिर आगो हाल्यौं। रिस पोख्यौं। भोलिपल्ट को अखबारमा फोटो सहितको हेड लाइन निस्कियो- लोकतन्त्र के लिए नेपाल कि युबाऔं ने साइकिन र्‍याली निकाली। हजारौं कि जुलुस ने राजा बिरेन्दर बीर बिक्रम कि पुतलें भि जलाए ।


२०-३० माइल साइकिल चलाएका थियौं। सबै थाकेका थियौं। तै पनि समाचार सुन्न पर्‍यो भनी रेडियो खोल्दा, सूचना सुन्यौं। बिशेष प्रसारण हुने हुंदा सुन्दै गर्नु होला भन्ने। एक कान दुई कान हुंदै यो खबर सबै को कोठामा पुग्यो। अबश्य नै यो बिशेष प्रसारण आन्दोलन सम्बन्धी नै हुनु पर्दछ, नत्र रातको ११ बजी सक्दा, प्रसारण को अन्त्य नगरी देसभाक्ती गीत बजाउदैनथ्यो। श्रीमान गम्भिर सँगइ जय नेपाल भन्दै टुंउुउुउु आवाज मै अन्त्य हुन्थ्यो।



राती को बाह्र बज्दा नबज्दै, राजा बिरेन्द्रले राष्ट्रको नाम मा सम्बोधन गरी संबिधानबाट निर्दलिय शब्द निलम्बन गरी आन्दोलनकारी नेताहरुलाई वार्ताको लागि आह्वान गरिबक्स्यो।



नेपाल को ईतिहासमा एउटा अध्याय थपियो। आन्दोलन सफल भएको घोषणा थियो त्यो।
सबै नेपाली भेला भै सुनेका थियौं त्यो सम्बोधन। सकिने बित्तिकै खुशीयालिमा नारा जुलुस भयो, होस्टल बाहिर को चोक मा। सारा भारतीय मित्रहरु नि आए। भिडभाड र हल्ला यस्तो भयो कि कुनै ठुलो घट्ना दुर्घट्ना वा हूलदङ्गा भा जस्तो। प्रिन्सिपल, वार्डनहरु स्कूटरमा तत्काल आइपुगे। हामीले नेपाल मा यस्तो भाकोले खुशीयाली मनाएको भने पछी बधाई दिदै गए।



चिया बनाए ठुलो ड्केचिमा। राती चिया चुरोट त्यो पनि बिना फिलटरको पानामा मै अबेर सम्म अबिर लगाइ खुशी मनाउदै बस्यौं। पञ्चायत ले नयाँ बर्ष देखेन, मेरो सोच र बिष्लेषणमा जे थियो, त्यही भयो। यसरी प्रजातन्त्रको नयाँ बिहानी सुरु भयो। 



अस्तु।
   

Read Full Discussion Thread for this article