Posted by: sumedhu March 15, 2009
बाबुराम भट्टराई : फागुनमा आँप पाक्दैन
Login in to Rate this Post:     0       ?        
बाबुरामजी,

म जुन संसारमा छु त्यहाँ पनि अहिले फागुन नै हो र यहाँ आँप फलिहेछ र म खाइ पनि रहेछु। तपाईँले जुन आँपको कुरा गर्नु भएको छ त्यो कुनै सिजनमा पाक्ने आँप नभएर कुहिएको आँप हो जुन जतिबेला पनि गन्हाउँछ र झर्छ ।

हिसिला यमीको पेटिकोटमा बेरिएको तपाईँको बौद्दिकता , हिसिलाका नातेदार र इष्टमित्रहरूको जागिरमा लिलाम बनिसक्यो । तपाईँको चमत्कारिक राज्य रूपान्तरण अरू केही नभएर माओवादी भिजिलान्तेवादको राज्य आतंक र ब्रम्हालुट हो । किनभने तपाईँले उठाएको राजस्व त केवल तपाईँका कार्यकर्ता र छापामारहरूको खाना खजाना र पोषणको लागि लगानी गरिएको छ । के राज्य हिजो भन्दा आज सुरक्षित छ ? के तपाईँहरूको कारणले तपाईँका आफ्नै लठैतहरूलाई बाहेक अरू जनतालाई कुनै खालको सुधार भएको महशूस भएको छ र ?

अर्को कुरा अरू नेताहरू भारत भ्रमणबाट तपाईँ जति तर्सनु भएको छ , तेस्को कारण के हो भने 'सर्पले सर्पको खुट्टा देख्छ' । भारतीय राजनीतिक नर्सरीको मलजलमा हुर्कएका तपाईँलाई, अरू नेपाली राजनीतिक नेता भारत जाँदा किन छटपटी हुन्छ बुझ्न गाह्रो छैन । २१ औँ शताब्दिको नया नेपाल माओवादीको राज्य आतंकबाट बन्छ भने अहिले विश्वका सर्वाधिक चामत्कारिक राज्यहरू सुडान र जिम्बाव्वे हुनुपर्छ । तपाईँहरू राज्य संयन्त्रलाई वाइसिएलको अपराधतन्त्र र राजनीतिको अपराधिकरणमा रूपान्तरण गर्दै हुनुहुन्छ भने अरू राजनैतिक शक्तिहरूले तपाईँहरूको जोरजुलुमबाट मुक्ति पाउन खोज्नु कुन मानेमा प्रतिगमन हुनसक्छ ? के तपाईँहरूको अपराधी राज्य प्रणालीबाट मुक्ति दिलाउन
Read Full Discussion Thread for this article