Posted by: Jawala March 14, 2009
बाबुराम भट्टराई : फागुनमा आँप पाक्दैन
Login in to Rate this Post:     0       ?        

प्रमुख प्रतिपक्षलगायतका दलले सरकारको आयुबारे प्रश्न उठाउन थालेका छन्, के सरकार संकटमा परेकै हो ?

मलाई सरकारको आयु छोटिएको बिल्कुल लाग्दैन । संविधान निर्माण नगरेसम्म सरकारको नेतृत्व गर्ने जनादेश माओवादीले प्राप्त गरेको छ । उसले त्यो जिम्मेवारी पूरा गर्छ । यो सरकार पूरै अवधि चल्छ भन्ने कुरामा म शतप्रतिशत ढुक्क छु । यो कसैले पनि गिराएर गिर्दैन । कसैले गिरायो भने शान्ति प्रक्रिया धरापमा पर्छ र देशमा ठूलो बिपत्ति आउँछ । किनभने माओवादीको तत्काल विकल्प छैन । त्यसैले यो सरकार गिर्दैन । तर कतिपय शक्तिलाई चित्त बुझेको छैन । हाम्रै गिरिजाबाबु पनि फागुनमा आँप पाकेको सपना देख्न थाल्नुभएको छ । फागुनमा आँप पाक्दैन । यो दृष्टिभ्रम मात्र हो ।

सरकार नढल्ने आधार के हो ?

नेपाली समाज सामन्तवादबाट पुँजीवाद हुँदै समाजवादउन्मुख दिशामा अघि बढिरहेको बेला माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । यसका लागि समग्र राजनीतिक एजेन्डा कसले तय गर्‍यो ? संविधानसभा, गणतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण, संघीय शासनको एजेन्डा माओवादीले स्थापित गरेको हो । यसको कार्यान्वयन गर्ने जिम्मा जनताले संविधानसभा मार्फत माओवादीलाई सुम्पेका हुन् । विडम्बनाको कुरा कतिपय मान्छे बुझेर पनि बुझ पचाइरहेका छन् । उनीहरू यथार्थलाई अस्वीकार गर्दै माओवादी सरकार तुरन्तै गिर्छ भनिरहेका छन् |


http://www.kantipuronline.com/kolnepalinews.php?&nid=184600

Read Full Discussion Thread for this article