Posted by: Amazing March 14, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
What a day for Nepalese football lovers:-)



नेपाल रातोलाई प्रधानमन्त्री कप











 

टाइब्रेकरको बदला टाइब्रेकरमा


काठमाडौं, चैत १ (दैनिकी)-
नेपाल रातोले श्रीलंकाली राष्ट्रिय टिमलाई टाइब्रेरमा ४-२ ले पराजित गर्दै
प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको
जितेको छ। टाइब्रेकरमा श्रीलंकाली खेलाडी इबी चावना र सन्जय प्रदीप
कुमारको बल बाहिरिएपछि नेपालले विजय पाएको थियो। नेपालका लागि अनिल गुरुङ,
सन्दीप राई, राजु तामाङ र विराज महर्जनले गोल गरेका थिए। श्रीलंकाका दुई
खेलाडीले पेनाल्टी बाहिर हानेपछि नेपालले अन्तिम पेनाल्टी हान्नै परेन।
नेपालले विजय पाएपछि दर्शकहरु मैदानभित्र प्रवेश गरेर लामो समय खुशी
मनाएका थिए। उनीहरुले सुरक्षाकर्मीलाई पनि कुनै पर्वाह गरेका थिएनन्।



श्रीलंकाका लागि कप्तान चतुरन र कुसान जयसूर्याले मात्र गोल गरेका थिए।

निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ गएको
थियो। ३० मिनेट अतिरिक्त समय थपिएको थियो। छैटौ मिनेटमा राजु तामाडले
मिलाइदिएको बलमा अनिल गुरुडले डी बक्सबाट हानेको प्रहार पोलमा ठोक्किएर
फर्किएपछि नेपालले अतिरिक्त समयको सुरुमै अग्रता लिने प्रयास सफल भएन।

गतवर्ष भारतको हैदरावादमा सम्पन्न एएफसी च्यालेन्ज कपको अन्तिम चरणमा
नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो। २००६ मा बंगलादेशमा सम्पन्न
पहिलो च्यालेन्ज कपमा नेपालले समुह चरणमा श्रीलंकासंग १-१ को बराबरी
खेलेको थियो भने सेमिफाइनलमा टाइ ब्रेकरमा नतिजा सुम्पेको थियो। तीन
वर्षपछि नेपाली टोलीले घरेलु मैदानमा टाइब्रेकरबाटै बदला लिएको छ।


मध्यान्तर हुन चार मिनेट
बाँकी रहदा नेपाली प्रशिक्षक योगम्बर सुवालले चोटग्रस्त जुमानु राईलाई
मैदान छिराएका थिए। जुमानुले पहिलो रोजाइमा खरो प्रदर्शन गर्न नसकिरहेका
स्टाइकर निराजन रायामाझीलाई स्थानान्तरण गरेका थिए।


दशरथ रंगशालामा नेपालको
खेल हेर्न क्षमताभन्दा बढि दर्शक उपस्थित थिए। १८ हजार दर्शक क्षमताको
रंगशालामा शनिबार २० हजारभन्दा बढि दर्शक उपस्थित थिए। नेपालको फाइनल
हेर्न आएकामध्ये १० हजार्भन्दा बढि दर्शक टिकट नपाएर निराश हुदै फर्केका
थिए। सम्भवत सन १९९९ को साफ च्याम्पियनसिपपछि रंगशालाम यति धेरै दर्शक
आएको यो पहिलो अवशर हो। दर्शकको चाप थेग्न नसक्दा सुरक्षाकर्मीले
रंगशालाको उत्तरी गेटमा सामान्य लाठी चार्ज समेत गरेको थियो। तथापि त्यसमा
कुनै मानविय क्षती भएन।


यहि महिना हुने एएफसी
च्यालेन्ज कपको तयारीमा रहेको नेपाललाई यो जितले आत्मबल बढाएको छ। खेलमा
मध्यान्तरसम्म श्रीलंका हावी थियो नेपाली गोलकिपर विकाश मल्लले पहिलो
हाफमै दुईवटा कडा प्रहार बचाइसकेका थिए भने सन्दिप राई र अन्जन केसीले एक
एक विपक्षी प्रयास असफल पारेका थिए। पहिलो हाफमा नेपालका तर्फबाट अनिल
गुरुङ, निराजन रायामाझी र विजय गुरुङका एक-एक प्रयास खेर गएका थिए।

जुमानुलाई मैदान छिराएपछि दोस्रो हाफमा नेपालको खेलमा जोस थपिएको थियो।
मध्यान्तरपछि नेपाली टिम पुरै आक्रामक रुपमा प्रस्तुत भएको थियो। ६३ औ
मिनेटमा जुमानुले पेनाल्टी बक्सको छेवैबाट जुमानुले प्रहार गरेको कडा
प्रहार श्रीलंकाली गोलकिपर एच एम कुमाराले मुस्किलका साथ पन्च गरेका थिए।
चार मिनेटपछि अन्जन केसीको उत्कृष्ट फ्रीकिक कुमाराले त्यसैगरि पन्च गरेर
जोगाए। त्यसको दुई मिनेट नबित्दै जुमानुले वन् भर्सेस वन् अवसरलाई उपयोग
गर्न सकेनन्।


खेल हेर्न सुचना तथा
संचार मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री पम्फा भुषाल,
माओवादी सभाषद झक्कु सुवेदीलगायत रंगशाला पुगेका थिए।

अनिल गुरुङ र जुमानु राई अघिल्लो दिन थाई टोली जेडव्लुविरुद्ध सेमिफाइनलमा
घाइते भएका थिए। अनिल दायाँ कुर्कुच्चामा चोटका बावजुद पहिलो रोजाइबाटै
खेलेका थिए भने जुमानु छातीमा गहिरो चोट लागेको छ।


मंगलबार बिहान
हजुरबुवाको मृत्युका कारण कपाल खौरिएर नुन बारिरहेका अन्जन केसी शनिबार
निकै सिथिल देखिन्थे। कमजोरीका बावजुद जुझारु प्रदर्शन गरिरहँदा उनी
बारम्बार मांसपेशी तन्किएर मैदानमा ढलेका थिए। उनलाई ८३ औ मिनेटमा
चुनबहादुर थापाले स्थानान्तरण गरे।

अन्जन निस्किएपछि उनको पोजिसन लेफ्ट व्याकमा विराज महर्जनले खेलेका थिए
भने विराजको राइट व्याकमा सागर थापालाई सारिएको थियो। सागरले खेलेको
सेन्ट्रल डिफेन्समा चुनलाई खेलाइएको थियो। खेलको अन्त्यतिर गोलरक्षक विकास
मल्लले उत्कृष्ट बचाउद गर्दै टोलीको संकट टारेका थिए।


८६ औं मिनेटमा चुनले
पोस्ट अगाडिको क्लियर गर्न नसक्दा कासुनले त्यही बलमा कडा प्रहार गर्दा
विकासले वन भर्सेस वनमा बल रोकेका थिए। छ मिनेट इन्जुरी समयको अन्तिम
मिनेटमा खुम गुरुडले एउटा गोलको सुन्दर मौका चुकाए। राकेश लामो लामो
फ्रीकिकमा उनको हेड प्रहार विपक्षी गोलरक्षकले रोके।


Read Full Discussion Thread for this article