Posted by: cheli March 12, 2009
बन्द गर
Login in to Rate this Post:     0       ?        
घुसखोरी बन्द गर, भ्रष्टाचार बन्द गर
मान्छेमाथि हुने नाना अत्याचार बन्द गर
सँधै खुल्नु पर्ने देश, बन्द गर्छु भन्छौ किन
बरु सके नेपालीका दु:ख, दर्द बन्द गर

नेपाल नेपाल रहे हुन्छ, स्वीट्जरल्यान्ड त चाहिंदैन
मेलम्ची पो ल्याउँछु भन्थ्यौ, मुख धुनै यहाँ पाइँदैन
वजन नभएका ती फोस्रा गफ बन्द गर
हुति भए अन्धविश्वास, कुरीतिलाई बन्द गर

एकै ढिक्का नेपाल हाम्रो, चिर्छु तिमी नभन है
पीडित हामीलाई अझ, पिर्छु तिमी नभन है
सक्छौ भने सिमा मिचाइ, अतिक्रमण बन्द गर
नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर

नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर
बन्द भन्न बन्द गर ...
Last edited: 12-Mar-09 10:04 PM
Read Full Discussion Thread for this article