Posted by: Maylumaya March 12, 2009
जातिय सवयत र जातिय सघियता ले राष्ट्रियताको र राष्ट्रियताको खतरा
Login in to Rate this Post:     0       ?        

मधेसको आदिवासी जनजातिको परिभाषा आवश्यक (kantipur news online)



काठमाडौं, फागुन २८ - सद्भावना पार्टीका अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले वास्तविक हक र अधिकारका लागि मधेसको आदिवासी जनजातिले आफ्नो परिभाषा प्रस्ट गर्नु आवश्यक रहेको बताएका छन् ।

महतोले सद्भावना सांस्कृतिक उत्थान मञ्च, उपत्यका कार्य समितिद्वारा बुधबार आयोजित होली मिलन समारोहमा मन्त्री महतोले मधेसलाई फुटाउने र शासन गर्ने षड्यन्त्रबाट सतर्क भई आफ्नो हकअधिकारका लागि आन्दोलन गर्न आग्रह गरे ।

उनले मधेसका आदिवासीमा रहेका थारू, दनुवार, राजवंशी, गनगाईं, धिमाल, मेचे, कोसे र ताजपुरियालगायतले परिभाषा गर्नु आवश्यक रहेको बताए ।

नेपालमा मात्र मधेसी र पहाडी गरी दुई समुदाय रहेको उल्लेख गर्दै उनले भनेे, 'हाम्रो मधेसका आदिवासी, जनजातिको भाग खोसेर लिने काम विगतका दिनमा समेत भएको हो, मधेसका आदिवासी जनजातिलाई परिभाषित गर्नु जरुरी छ ।'

Read Full Discussion Thread for this article