Posted by: dipika02 March 12, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

भाग २


"फुपु पर्सी आउने भने पछी सफल कहिले फर्किन्छ? भोली?"---सारिकाले आजै भन्छेकी भन्ने झिनो आश राखेर सोधेँ।


"कहाँ फर्किने सफल?"---उस्ले उल्टो मलाई नै प्रश्न गरी।
 
"फुपु आउँदा सफललाई चै कहाँ राख्छेस त? क्लजेटमा?"---झन अब जाने भयो एउटा चन्ड भनेर खुशीयाली मनाउन मन गद्गगद छ उ चै के? र कसो? भनेर प्रश्न माथि प्रश्न गरेको देखेर दिमाग नै तात्यो मेरो पनि।


"त्यही त बर्बाद भयो भन्या नि। तँ भन्न के गर्ने?"---खुरुक्क सफललाई बिदाबारी नगरेर मलाई नै सोधी।
 
"खोइ? के गर्ने के?"---भन्न त सफललाई घोक्रे ठ्याक लाइदिनेनी भन्न मन थ्यो तर उस्को बोई फ्रेन्डलाई धेरै जा भन भन्दा नै मलाई  मार्ली भन्ने डए। मैले देखी नसहेको जस्तो होला भनेर अली पछी हटेँ।


"ह्या अको दिदी जम्मा ४ दिनलाई आउने हो क्या रे। त्यती दिनलाई त तेरो दाई नै भन्दे पनि भईहाल्यो नि।"---कती सजिलै सँग भनी। सिधै मैले हुन्छ नै भन्छु झै गरेर।    


"भन्छेस खुब मेरो दाई भनेर। पागल भइस? आँखा फुट्याले पनि पत्याउदैनन। कहाँ उस्को गोलो थाल जस्तो मंगोलियन अनुहार, त्यस्तो चिम्सो आँखा अनी त्यती चेप्टो नाक कहाँ मेरो हेर्दै टिपिकल क्षत्रिनी-बाहुनी जस्तो अनुहार त्यस माथि यती चुच्चो सगरमाथाको उचाइलाई पनि माथ गर्ने जत्रो नाक। तेरो फुपु त्यती मुर्ख त हुनु हुन्न होला नि पत्याउन लाई?"--- भएकै कुरा भन्देँ मैले। साँचो कुरा भन्न के को डर?   


"अनी के भन्ने त  के?"---उल्टो मै सँग पो सन्किन्छे मेरै फुपु आउन लाग्नु भएको जसरी। 


"के भन्ने नि? खुरुक्क सफललाई जा भन्ने।"---मन को कुरा मुख बाट निस्किहाल्यो।     


"सफलको स्कुल र डोर्म अर्को दुई हप्ता नभैइ खुल्दैन। अहिले उस्लाई कहाँ जा भन्ने मैले? म भन्दा नजिक को छ र उस्को?"--- अली मलिनो स्वरमा न्याउरो अनुहार बनाउदै सारीकाले भनी। उसका अनुहारमा उदासिनता का केही रेखाहरु छापिए। म चुप लागेँ। उ आफ्नो कोठामा लागि। 


मलाई कता कता आफु निकै नै क्रुर भएको आभाष भयो। मलाई सफल डोर्म मा बस्ने पनि थाहा थिएन। सारीका र सफल को सम्बन्ध जे जस्तो भए पनि मेरो लागि सफल सारीकाको पाहुना थ्यो। मैले उस्को पाहुनालाई जा भन भन्नु भनेको आफ्नो मानबताको हत्या गर्नु नै सरी थ्यो। फेरी त्यो अपार्ट्मेन्ट्मा मेरो जती हक थ्यो सारीकाको पनि उतिनै हक थ्यो र त्यो हक भन्दा ठुलो हाम्रो माया। सफलको केही बानिहरु देखी म वाक्क भए पनि हामीहरु बिच आत्मियताको नाता चै थ्यो। शायद त्यही नाताले मलाई झस्कायो होला आत्मग्लानी बाट बन्चित हुन सकिन।


केटीहरुको चित्त र पित्त उत्रै हुन्छ भनेर नेपाली पढाउने गुरुबा ले भन्दा सबै केटाहरु गललल हाँसेका थिए। बुझेरै हाँसेका रहेछन जस्तो छ। सारीकाको न्याउरो अनुहार सम्झेर मलाई उस्को हृदयमा ठुलै चोट पुर्याएको भान भयो।  सारीकाको कोठामा गएँ। ढोका खुलेकै थ्यो। सारीका मेचमा बसेर नजर झ्याल बाट बाहिर मिल्काउदै टोलाइरहेकी थीइ। सफल उस्ले भुइँमा राखेको डस्नामा अलिकती ढल्किदै हातमा गीतार लिएर इगल्स ब्यन्ड को "होटेल क्यालिफोर्निया" गीत को धुन बजाइरहेको थ्यो। सफलले हाम्रो वार्तालाप सुनेकै हुनु पर्छ। यस्ता काठका भित्ताहरुमा किन नसुन्नु? मेरो अनुहारमा आफ्नै सोचाइले बिद्रोह गरिरहेक भावहरु प्रस्त देखेर पनि होला दुबैले केही बोलेनन। म चुपचाप त्यो डस्नाको अर्को छेउमा गएर बसेँ। सफलको मिठो धुनले सबै तनाब बाट मुक्त भए झैँ लागिरहेको थ्यो।  


"कस्तो राम्रो गीतार बजाउछौ सफल तिमी"---धुन बजाउन सकिएपछी मुसुक्क मुस्काउदै अनायासै मेरो मुख बाट ति शब्दहरु निस्के। साँचो कुरा निस्किन बेर नै लागेन।


"धन्यबाद! तर म जान्न"--- त्यही मुस्कान मलाई फर्काउदै सफलले भन्यो मुटु च्वास्स रोप्ने गरेर।


"ठिकै छ। अरु नै केही उपाए निकालौँला"---मैले आफ्नो बोलिमा सुधार लेराउदै भने। मुस्कान पनि ओंठमा कायम नै राखेँ। 


धेरै बेरको छलफल पछी कुरा अली अली मिल्न आयो। एउटा कोठामा सफललाई राख्ने अनी मेरो कोठामा चै सारीका र म बसेको भन्ने भयौँ। सफल चै हुन त पाहुना नै हो तर केही समय अझ बस्छ अनी हामी दुबै को साथी हो भन्ने भयौँ। सारीकाले आफ्नो केही लुगा अनी सामानहरु मेरो कोठामा सारी फुपुलाई संखा नहोस् भनेर।   


बुधवार दिउसो को २ बजे तिर सारीका अको दिदिलाई लिएर आइ। उहाँ र उहाँको सिट्केस दुबै लिएर उ मेरो कोठामा गई जुन हाम्रो कोठा हुन पुगेको थ्यो। म बाहिर चिया बनाउन तिर लागे। सफल सोफामा बसेर रेमोट टिक-टिक गर्दै थ्यो। सारीका भित्रै फुपुका सामान्हरु छेउ लगाउन मै अस्त ब्यस्त थीइ। फुपु बाहिर आउनु भयो। छोटो औपचारिकता दुबइ तर्फ बाट निभियो। सफल ले पनि उठेर नमस्कार सम्म चै गर्‍यो। भान्साको छेउमा राखेको मेच मा फुपु बस्नु भयो। चिया पिउने उहाँ र म मात्रै भयौँ। सारीका बाहिर निस्किन दुलही नै अन्माउन लागेको झै गरिराथी। सफल चिया पिउदैन थ्यो।


"नानी र सफल बाबुको कुरा घरमा बा आमालाई थाहा छ त?"--- चिया मिठो लाग्यो भन्ने क्रम पनि पुरै नसकिकन फुपुले त्यस्तो प्रश्न पो तेर्साउनु भयो।


"हजुर?"--- आश्चर्य जनक प्रतिप्रश्न गरेँ। त्यो प्रश्न चिन्ह मेरो अनुहारमा पनि देखिन्थ्यो। उहाँको प्रश्ननै बुझिन। अलमल्ल परेँ।


"ए दिपिका एउटा काम छ। हिंड्न तल छिट्टो"---हत्तारिदै कोठाबाट निस्केर सारीकाले मलाई तान्दै बाहिर लागि। हातमा चिया थ्यो। छछल्किएर हात पनि पोल्यो। 


"सुन्न! यो अको दिदीको बानी अली धेरै नै संखालु छ के। मैले सफल साथी हो भनेको फेरी के र कसो भनेर अरु हजार वटा प्रश्न को बाढी आउन थाल्यो अनी मैले तेरो बोई फ्रेन्ड हो भन्देकी छु है।"--- भर्र्याङ् को खुट्किला पनि राम्ररी ओर्लिन नदिएर तल तिर खुर्मुराउदै भनी।


"अब चै त मरिस। अहिले नै सबै भन्दिन्छु तेरो फुपुलाई म को? सफल को? अनी तँ को? भनेर"--- रिस ले आगो हुँदै म माथि दौडेँ। एक त चियाले पोलेको पनि अली अली दुखिरा अर्को मलाई नै नभनी उस्को भार थपक्क मेरो काँधमा राखिदेको देखेर कती खेर माथि पुगेर सास नफेरी   फुपुलाई सबै तेस्का चर्तिकला सुनाउदिएर मनमा शान्ती होला जस्तो भएको थ्यो।


वजनमा म भन्दा झन्डै २० lbs नै बढी थीइ। मलाई त च्याप-चुप पारीहाली। "सुन्न सुन" भन्दै सम्झाउने प्रयत्न गर्दै थीइ म पनि आफ्नो भए भरको बल निकालेर उम्किन खोज्दै थिएँ। त्यस्को "सुन्न" "सुन" "चाँदी" केही चाहिएको थिएन मलाई। धेरै भई सकेका थिएँ तिनिहरुका ब्यापार। त्यतिकैमा हाम्रो तल बस्ने दुस्ट काले एउटा हातमा सियर्स को झोला लिएर अर्को हातमा सानो छोरा डोर्याउदै आइपुग्यो। हाम्रो द्रिष्य देखेर छक्क पर्दै हेरिरह्यो। बुझ्न त के बुझ्नु उल्टो हामी दुइटी पनि अरु नै बर्ग को हो कि भनेर संखालु नजरले तल पैताला देखी तालु सम्म पो हेर्न थाल्यो।   


क्रमश:....

Read Full Discussion Thread for this article