Posted by: parikalpana March 10, 2009
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द
Login in to Rate this Post:     0       ?        

यता पनि बन्द,उता पनि बन्द जताततै बन्द
यस्ले पनि बन्द, उस्ले पनि बन्द जस्ले पनि गर्ने चै त्यही बन्द
के महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द

आफु ले गर्दा ठीक हुने बन्द, अरु ले गर्दा बेठिक हुने बन्द
सत्ता म पुग्न लाई बन्द, पुग्ने ले पनि गरेकै हुन बन्द
के महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द

स्वायत्त राज्य का लागी बन्द, माग पुरा गराउन बन्द
बन्द खुलाउन बन्द, लोडसेडिङ को बिरोधमा बन्द
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द

यता पनि बन्द, उता पनि बन्द
नेपाली ले गर्ने बन्द, नेपाली लाई अती दु:ख दिने पनि यै बन्द
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द


Last edited: 10-Mar-09 09:35 PM
Read Full Discussion Thread for this article