Posted by: dipika02 March 10, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

perfectionist---


पुरे, एक भाग लेख्दा नै यस्तो छ अर्को भाग फेरी सुरु गर्न परिसक्यो। मैले पनि "looking forward for next part" भन्न पाए नि हुन्थ्यो जस्तो भईराछ मलाई चै अहिले।


fucheketo  ---


"eagerly waiting for the next post" त हामी पनि हुन्छौ नि तिम्रो कथा पढ्दा। १ भाग राखेपछी पुरै ब्रमान्डको तपस्या नसकी फर्किदैनौ। कुराउन त तिमीले पो जानेको छौ त। होइन त? तिम्रो अर्को सुधा पनि देखेँ। अब पढ्छु बसेर।


somewhereondearth---


सोम ज्यु, लौ न यसो खुशी हुने मौका त हामीलाई पनि प्रदान गर्नुस् न। बरु छोटो लामो जस्तो हुन्छ समय मिलाएर लेख्नुस् न। अनी पो साझा छिर्न पनि रमाइलो हुन्छ। कती तिर बाट मिलाएर छिरिन्छ अनी निरास भएर फर्किनु पर्छ।


serial---


बौचा ले भने कस्तो कुरा बुझ्छ भने। साथी त तिमी जस्तै हुनु पर्छ बुझ्यौ। मलाई पनि क्रमश: लाई शब्दकोषबाटै हटाएर माथि भाग १ मै समाप्त पो ठोकिदिउँ कि जस्तो भा छ।


khuSshi---


खुशी अहिले त मलाई को राम्रो नै भन्न आएन। हात्ती र हात्ती छाप चप्पल जस्तै होला।


jhilkeJetho---


अर्को भाग समय मिलाएर छिटो नै राख्नेछु झिल्के जेठो ज्यु। आशा छ त्यो पनि मन पर्नेछ।


Norton---


नेत्र लौ न के भनेको त्यस्तो? मैले सफल को जिन्दगीलाई नै त धिक्कारेको छैन है। अब आउने भयो मेरो घाँटी न्याक्न। तिमीलाई के लाग्छ? सफल जान्छ जस्तो लाग्छ?


ctal ---


सितल कस्तो कुरा बुझ्नु भएको नि। एउटा त पाहुना जस्तो लाग्न पनि छोडिसक्या थ्यो बरु फुपु पो कस्तो हो?  


Deep---


दीप, हजुर के हुनु भएको यस्तो? उता धागोमा हो कि हैन? छिनो फानो नलगाएर कहाँ को को लस्क्या र मस्क्या सम्झेर बसिरहनु भएको यता आएर।  यता अरु भाग कुरेर बस्दा उता जनताले मार्दैनन?


ANS---


लौ न यहाँ त चोर को खुट्टा काट भन्दा चोरले खुट्टा तान्या जस्तो भयो कि क्या हो? एउटा काल्पनिक नाम लेख्दा यहाँ चै सच्चिकै मै हुँ त्यो सफल भनेर दाबी गर्न आउनु भएको त पक्कै होइन होला नी। तर जे होस् कुरा चै खाँट्टी को गर्नु भयो है। केटीहरुलाई समस्या पर्ने नै गाडी चलाऊन सिक्न र  लाइसन्स लिन भनेर धेरैले भनेको सुनेको छु। भाग्य बस मैले चै आफ्नै दाई सँग सिकेँ है। अरुको मद्धत लिनु परेन। भगवान दाइने भईदेछन भन्नु पर्ला अब। अनी कहाँ बाट थेसिस लेख्दा त्यस्तो सहयोग पाउनु मैले। पाएको भए त पूजा नै गरिहाल्थेनी। अहिले सम्झिदा पो ल हेर सफल  J. लाई भनेको भए टाईप पनि गर्दिनु हुने रहेछ भन्दै बसिराछु :-)


yakku---


सञ्चै हुनुहुन्छ? धेरै पछी देख्दै छु नि हजुरलाई। अब अर्को भाग पनि राख्छु छिट्टै। 


आफ्नो किम्ती समय पाहुना मा खर्चिनु भएका सबै पाठकलाई मुरी मुरी धन्यवाद। अर्को भाग समय र परिस्थिती मिलाएर  छिटो नै पस्किनेछु 


दिपिका

Read Full Discussion Thread for this article