कस्सो मेरो नाम सफल राख्देनछन, बाउ आमा र पन्नीत मिलेर। राख्देर हेरम भए भैहाल्छ केटो सफल नभए नी हाम्रो काम राख्दीने हो थाम्ने नथाम्ने उस्को जिम्मा भन्देका भए? पर्थ्यो पर्थेन अहिले समस्या? कुन चै सफल छुट्टी भए पिच्छे कता तिर हो फल्न जाँदो रे छ, पर्ने बेलामा मार्का अब सबै सफल लाई पर्ला जस्तो भो। यो कथा पढ्ने र सफलको ईतिहास नजान्नेले कसैले आफ्नो नाम सफल भन्यो कि "कतै यही त होईन?" भन्ने लहर मनमा उठाउने भए कि भएनन?
अर्को कथा अथबा अर्को भागमा कतै दीप बदमास भनेर आयो भने त्यो दीप म होइन है, म अहिलेई भन्दिन्छु- फसमै क्या!
ल जे होस, कथामा संग्लो बहाव सधै झै छ। पोर परारै हाम्ले नेपाली पढ्दा ब्याकरण स्याकरण छोडेर यस्ता कथा पाठ्यक्रममा राख्दया भए हाम्लाई कसैले पढ भन्नै नपर्ने। दरो बजाईन्थ्यो होला नम्बर पनि। के गर्नु र, मौका पाईएन।
अब अर्को भाग पो कैले आउने हो? राम्री ठीटीले पर्खिउ है संकेतको मुस्कान दिएर ट्याक्सीमा लस्क्या जस्तो पो भो। नपर्खिम मन मान्दैन, पर्खिम कैले आउने हो कैले।