अबुईीईीईीइ नि त यो बौचाले मलाई त्यसरी के दल्देको? गोबर हो कि मेहेन्दी हो? पख बौचा अब मैले जानेको छु तिमीलाई। चुना दलिदिन्छु तिम्रो अनुहार मा
पुरे सबै जना भाङ खाएर स्वाङ पार्दैछन त्यो कालोपुल मुनी। मामा, चिप्लु, बौचा, रिट्ठे, सुर्जे, नेत्र, हर्क दाई अनी अरु पनि को को हो को को सबै ढलिरहेका छन। ठुल्दाइ चै चिलिम तान्दै हुनुहुन्थ्यो। भाङ छोडेर अर्को कुन चै अम्मल होला नि, सके गाँजा नै हो कि, बुढा को नि भर छैन आजकल केली चै म पनि चाख्ने भनेर कराउदै थिई। अनुहारभरी रङ पोतेको भएर अरु त चिनिन मैले। धेरै बेर बसेको भए मलाई पनि फेरी रङी बिरङी बनाइदेलान भनेर खुसुक्क निकेको त बौचा सुल्सुले देखी हालेछ, एक बाल्टिन के हो के हालिदियो। गोबर जस्तो छ हेर्दा त। सबैको अगाडि केही भन्न पनि नसकेर खिस्स दाँत देखाएर यहाँ आइपुगेँ म चै
ठुल्दाइ, हेर्नुस् न सोबर लड्की लाई गोबर दल्दियो यो मात्तेको बौचा ले