![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
विप्लवका कविता
उसको ज्ञान, विवेक, कमाइ जे भने पनि त्यही पुरानो डायरी थियो । त्यसैका
भरमा ऊ पढाउँथ्यो, साहित्यको चिरफार गथ्र्याे, इतिहासको समीक्षा गथ्र्याे
।
प्रोफेसर
शर्माका लागि संसारमा केही महत्त्वपूर्ण थियो भने त्यही डायरी थियो ।
श्रीमतीको फरिया, छोराको पढाइ र चुलामा आगाको त्यही डायरीबाटै टरिरहेको
थियो ।
एक दिन अचानक डायरी हरायो । अब ऊ के गरोस् ? उसको पृथ्वी नै हराएको थियो, घामजून र तारा हराएका थिए । अब कसरी पढाउला ?
प्रोफेसर शर्मा
यति एक्लो, अनाथ र निरीह
कहिल्यै भएको थिएन...
आफैं पनि पढाउँदै आएका कवि विप्लव ढकालको लामो कविताका यी केही पंक्ति मात्रै हुन् ।
भोजपुरमा
जन्मेहुर्केका ४१ वर्षेको पछिल्लो कृति 'प्रोफेसर शर्माको डायरी'
राजधानीमा शनिबार सार्वजनिक भयो । रटिरटाउ कुरा वषर्ाैंसम्म पढाउँदै
विचारशून्य भएको प्रोफेसरको सेरोफेरोमा लेखिएको लामो कवितामाथि गोविन्दराज
भट्टराईले टिप्पणी गरे, 'कतै यो पात्र मै होइन ?'
कालचक्र नेपालले प्रकाशन गरेको यो कृतिमाथि कवि बैरागी काइँला, नारायण ढकाल र राजेन्द्र पराजुलीले पनि आफ्ना कुरा राखे ।
SOURCE: http://kantipuronline.com/kolnepalinews.php?&nid=183543