Posted by: Nepe March 4, 2009
Maobadi ko Sambhidhan
Login in to Rate this Post:     0       ?        

K6 बन्धु,


सम्विधान भन्ने कुरा एक चुनाव अवधीको लागि लेखिने कुरा हो र ?


यो त अनन्त कालको लागि (कम्तिमा ४०-५० वर्षको लागि भनम् न) सामान्य हेरफेर बाहेक अन्य परिवर्तन गर्न नपर्ने गरी लेखिने दस्तावेज हो ।


एक चुनावी अवधीको लागि लेखिने कुरा त चुनावी घोषणापत्र हो । माओवादीको चुनावी घोषणापत्र चाही मलाई मन परेको दस्तावेज हो । माओवादी चुनावी घोषणापत्र धेरै नै हदमा "मध्यमार्गी" थियो । सम्विधान जस्तो दस्तावेज त आवश्यकताले नै त्यो भन्दा पनि बढी मध्यमार्गी हुनुपर्ने थियो, किनभने ४०-५० वर्षको अवधीमा मुलुक सालाखाला "मध्यमार्ग" मै हिड्छ ।


माओवादीले तयार पारेको सम्विधानको खेस्रा चाही far left वाला छ र यो कस्तो उडानमा आधारित हो भने नेपालमा अब देखि अनन्त कालसम्म माओवादीकै सत्ता रहनेछ र त्यो पनि अहिलेको जस्तो एकतिहाईको सबभन्दा ठूलो दलको हिसाबको नभई प्रचण्ड बहुमतिय (भनम् दुई तिहाई बहुमत) सत्ता रहिरहनेछ ।


माओवादीको यही खेस्रा सम्विधान लागु गर्ने हो भने, अर्को दलको सरकार बन्ने बित्तिकै फेरि अर्को यति धेरै पुनर्लेखन गर्नु पर्ने हुन्छ कि त्यो नयाँ सम्विधान लेख्‍ने बराबर हुन्छ ।


त्यसैले अब हुने चाही के स्पष्ट छ भने सम्विधानसभाले निर्माण गर्ने सम्विधानमा चाही माओवादीका खेस्रामा रहेका माओवादीका लागि मात्र महत्वपूर्ण तर गैरमाओवादीका लागि अमान्य हुने धेरै बुँदाहरु अस्वीकार गरिनेछ ।


अब प्रश्न उठ्छ: माओवादीले अन्त्यमा भारी संसोधन भएरै छाड्ने खालको खेस्रा किन प्रस्तुत गरेछन् ?


एउटा त यो मोलमोलाई को रणनीति हो । Far left मा बसेर मोलमोलाई गरेपछि अलिकति left तिर tilt भएको सम्विधान बन्छ कि भनेर भनम् न । अर्को चाही साम्यवादी दिक्षामा हुर्केका आफ्ना कार्यकर्तालाई while it lasts खुशी पार्न हो ।


तर उनिहरुले के चाही देखेनन् वा देखाजाएगा भन्ने सोचे भने सम्विधानसभाद्वारा निर्मित सम्विधानको दस्तावेज चाही माओवादी कार्यकर्तालाई निराश बनाईदिने खालको हुनेछ । अब कतिजनालाई २०४७ को सम्विधानको मामलामा जस्तै "आलोचनात्मक समर्थन" जनाउन बाध्य बनाउन सक्छन्, उनिहरुको सांगठनिक स्वास्थ्य त्यसैमा भर पर्नेछ ।


Nepe

Read Full Discussion Thread for this article