Posted by: Nepe March 3, 2009
Maobadi ko Sambhidhan
Login in to Rate this Post:     0       ?        

ज्वाला,


त्यसरी किन दन्केको ? मैले ND Forum को प्रचार गर्नाका हेतु नभई ऊ त्याँ माथि एकजना साझा पाठककै जिज्ञासाको उत्तर स्वरुप टाँसिदिएको हुँ । म जहिलेपनि त्यसै गर्छु । कसैको जिज्ञासा वा प्रसंग बिना कहिलेपनि टाँसेको छुईन ।  


अब जस्ताको तस्तै किन टाँसेको, त्यसलाई पुनर्लेखन गरेर टाँस्नुपर्थ्यो भन्ने आसय हो महोदयको भने, महोदयले नै त्यसरी नै पढे हुँदैन ?


यो घरायसी कुरा यत्ति नै ।


 


राष्ट्रिय कुराको हकमा, माओवादीले अरु सबै दलहरु भन्दा अगाडि नै सम्विधानको खेस्रा प्रस्तुत गरेर तारिफयोग्य काम गरेको छ । अरु धेरै कुराको संगसंगै, यसले अहिले भईरहेको सुझाव संकलन कार्यलाई समेत अप्रत्यक्ष रुपमा वैचारिक मद्दत पुर्‍याएको छ ।


यो खेस्रा पढेपछि सुझावदाताहरुमा वैचारिक स्पष्टता बढ्नेछ र कुन कुन बुँदामा कुन सतर्कताकासाथ जवाफ दिने भन्ने कुरामा मद्दत पुग्नेछ ।


अरु अल्छि दलहरुको के कुरा गरिरहनु ?


माओवादी खेस्राको बारेमा नटशेलमा त मैले विचार राखि नै हालें । नेपाललाई द्रुत आर्थिक प्रगतिको मार्गमा राख्‍न चाहिने विश्वअर्थतन्त्रिय बोध र दिग्दर्शन यसमा अनुपस्थित मात्र होईन त्यसलाई नकार सम्म गरिएको छ । जातिय राजनीतिलाई नेपालको नयाँ विलासिताको रुपमा स्थापना गरेर नेपालको प्राथमिकतालाई दिग्भ्रमित पारिएको छ ।


जे भएपनि यी सुधार्न सकिने कुराहरु हुन्, खास गरेर सम्विधानलेखनविधी (हरेक धाराको लागि दुई तिहाई बहुमत चाहिने) र नेपाली मतदाताहरुको मत विभाजनले के सुनिश्चित गरिदिएको छन भने, सम्विधान कि त सहमतिले लेखिन्छ, कि त लेखिदै लेखिदैन ।


त्यसैले माओवादी वा, for that matter, कुनै पनि दलको त्रुटी सम्विधानमा सजिलै नछिर्ने कुरा निश्चित छ ।


बुँदागत कुराहरु आफ्नो ठाउँमा छदैछ, जे भए पनि माओवादीले खेस्रा प्रस्तुत गरिहालेर सम्विधानको खाकाबारे सार्वजनिक बहसको लागि ठूलो गुण लगाएको छ ।


Nepe


 

Read Full Discussion Thread for this article