Posted by: chipledhunga March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ज्योवन गयो बैंस त गएन लैलै
केश फुल्यो मन अझै तरुनो लैलै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम

सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है
आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है
नाति नातिनी खेलाउने बेलाइमा लैलै
तरुनीको के यस्तो रहर नि लैलै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम

मंगलबारे जदौ सबै गाम्लेहरुलाई। मध्यान्ह नभै आउन पनि पाइएन आज।
ठुल्दाइ मध्यान्हपछि बाक्लै हाजिर हुने भन्नुहुन्थ्यो, १ बज्दा पनि आउनुभएको छैन।
रिट्ठे सर, आलुका डल्ला बर्षे त तिम्रा शहराँ?
केली, पोइलो जाने अवसर छिट्टै मिलोस्।
खुशीलाई पनि मेरो नमस्ते। खुशी लाग्यो धेरै पछि देख्न पाउँदा।
बाउचा, रयापरको मम खायौ?

नाम छुटेका अरु सबैलाई हाइ हेल्लो तारेमाम।       

Read Full Discussion Thread for this article