Posted by: chanaa_tarkaari March 2, 2009
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        
नेपालमा बिक्रम सम्बतलाइ लंगडो बनाउने निर्णय सरकारले गरेको छ रे भनेर एकथरी मानिसहरु बिक्रम सम्बतलाइ ११ महिनाको साल बनाउदै चैत महिना खर्लप्पै गायब गर्ने निर्णयको बिरोध गर्दैछन । अर्काथरी मानिसहरु बिक्रमसम्बतलाइ त्यसो गर्न जरूरी भैसकेको बताउदै छन । आफु नि  चैतमा जन्मेको हुनाले आफ्नो जन्मदिन नै गायब बनाउने यो निर्णय बारे के कसो होला खुलदुलि पारेर बस्या छु । चैतलाइ नि किन गायब गर्ने ? बैशाख देखि फागुन सम्मको जुनसुकै आर्को महिना गायब बनाए भै हाल्थो नि जस्तो नि लाउँछ । चैत महिनासित जोडिएको यो भावना मेरो निजी स्वार्थसित गाँस्सिया भावना जस्तो हो भन्नै पर्ला । तर यो कुरा बाहिर आएपछि बिक्रम सम्बतको वकालत गरेर नेपालको आफ्नै श्रृजना र गौरव नेपाल सम्बतलाई विनाकारण छि: छि: दुर दुर गर्ने जमातको ओँठतालु चै सुकेको मानेको छु है मैले ।
Read Full Discussion Thread for this article