Posted by: Birkhe_Maila March 2, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

लोल!


माथि क्रेजीले लेखेका बुँदाहरु जस्तै अर्को तर्फको व्यथा-


 


१) पत्रिका पढ्दा सबैभन्दा पहिला युबतीको रंगिन ब्लोअपको पाना पल्टाऊनु।


२) साथिभाईहरुसंग चिया  खान जाँदा सकभर भिडभाड हुने ठाउँ वा बसेर सडक हेर्न मिल्ने ठाउँमा जानु।


३) कुर्ता सुरुवालका विभिन्न डिजाइनहरुको जानकारी राख्नु।


४)सार्वजनिक धारा, ढुंगेधारातिर सयर गर्न मन लाग्नु।


५) केटिहरु जम्मा दुई किसिमका हुन्छन भन्ने सिद्धान्तमा दृढ विश्वास गर्नु (क) राम्री (ख) धेरै राम्री।


६) ऐना हेरि हेरि मुखका डन्डिफोर निचोर्नु र डन्डिफोर नभएमा अनुहारमा भएका निर्दोश झिना दागहरुलाई कोट्याइ कोट्याई डन्डिफोरको रुप दिनु।


७) कौशिमा बसेर चङ्गा उडाउँदा अर्को कौशीमा कपाल सुकाउँदै गरेको केटि देखेर कयौँ चङ्गा चेट हुनु।


८) बिहान बिहान मन्दीर जान मन लाग्नु तर भगवान दर्शन गर्न भित्र छिर्ने साहस र मन नहुनु।


९) आफ्ना सबै साथि दौँतरिहरु संग ठुलो अप्ठ्यारो परेको कुरा गर्नु र सबैसंग सापटी माग्नु।


१०) घरमा राति इन्टरनेट चलाएपछि प्रत्येक पटक ब्राउजिङ हिस्ट्रि र टेम्पोररि इन्टरनेट फाइल डिलिट गर्न नैतिक रुपमा बाध्य हुनु।


११) दीपका कथा चाख दिएर पढ्नु।


आदि ईत्यादी....



 

Read Full Discussion Thread for this article