"यो पढ्न भ्या छैन, भोली परीक्षा छ, तेइ भेर त्यो सकाएर पढ्छु.."
अहिले सम्म भ्याईयो आँखा कुदाउन कि छैन गन्थनको बाटोमा कुन्नी तर कुदाउन नभ्याएकै हो भने पनि त्यस्तो नोक्सान केही भयो होला जस्तो मलाई लाग्दैन। गन्थन पुरानो हाडीगाउँले सडक जस्तै छ, साझामा प्रस्तुत हुने अरु लेखाईहरु चिल्ला सडकहरु जस्ता छन। मलाई पनि ती चिल्ला सडकहरुमा जान मन लाग्छ र जान्छु पनि। त्यस्ता चिल्ला सडकका स्रस्टाहरुले हामी जस्ता पाठकलाई धेरै गुन लगाएका छन।
अनि परीक्षा-घोडा त प्रभोले नै चढ्या होला नी, लात्तले हानेर उछ्छिट्याएन होला घोडाले भन्ने सोचेको छु। नउछिट्टाओस पनि कहिले।
CT. ,
"फेरी बाजे किन भन्या भनेर हपार्ने होला, भागेँ म ।"
भन्दीन प्रभो, हाम्रो एउटा साथी थ्यो, नेवार नै हो तर हामी सबै साथी उस्लाई बर्मु भन्थीम्।
त्यो अस्ति नै मासुभात खान दिएको निम्तोको म्याद छ अझै अझै कि सकियो प्रभो? खबर पाम् है।
"लौ प्रभो म आउँदै छु मास्थिर भोली तिर,भेट्ने आश गर्दै। "
प्रभो अनि जन्ती समुहको परीया थ्यो की जन्ती पर्सीने समुहको? आँखा पनि अल्झे कि कतै मन बल्झाउने गरेर?
बिनायक स्टुडीयोमा एउटा तस्बीर खिचाउन जाँदा एउटीका छडेके हेराईमा आफ्ना आँखा अल्झेर मन लडेको थ्यो क्या प्रभो। कुरा पुरानै हो तर हरेक चोटी सम्झिँदा नयाँ नै हो कि झै गरेर आउँछ।
"bangelai utai chhodera aaunu bhayecha"
मान्छे उतै परे पनि कुरा त गन्थनमा उस्को पनि यतै छ।
अनि यो "भेलकम ब्याक" स्प्रिङ्गलाई भन्न मलाई पनि कस्तो मन लागि सक्यो भने, जाडो सँग दिक्क लागेर।
"बनेश्वोर तिराका छप्कीहरुले खुब सोधेका छन है प्रभुलाई । "
"बदमास हुन्छौ? भन्दीम तिमेरका लोग्नेलाई?" भनेर हप्काईदिनु पर्थ्यो नी त प्रभोले ती छप्कीहरुलाई। अब त घर ब्यबहार पनि त हेर्नु पर्यो नी, खाली दीपलाई मात्रै सम्झेर सोधेर कसरी चल्छ जिन्दगी? खै बुझेको उनीहरुले? बुझाउन जाउँ आफु भने पनि सिकेर आईएला भन्ने डर छ। के गर्नु र?
"लौ दिप ब्रो धेरै पछी दर्शन भयो माल सहित ।"
म त एक छिन झसंग भै रा -- माल सँग देख्या भन्दा त।
यसरी तर्साईदिन त भएन नी प्रभो--कम्ता टेन्सन भएन को सँग हुँदा देख्या होला भनेर।
"दौतरी, साझा कतै नदेखिने कता दिप ब्रो भनेको त उता हरीग्राममा पो रेछन। त्यो पनि पिकनीक गर्दै। कथामा बागें नभए त मजै नआउने के। बांगे कता मर्यो नि पिकनीक नगएर?"
बाङ्गे थ्यो नी पिकनिकमा। काँचो तरकारी सकेर, घरैमा भात खान जान्छु भन्ने उही त हो नी प्रभो।
अब दौतरी साझा तिर आउनलाई आफ्नो फुर्सद बेपत्ता भएर कस्तो मुस्किल पर्यो नी त। सम्झाउँदै छु। फर्किन्छ कि जस्तो गर्दै छ। हेरम।
daum,
"barsa ko ek choti jasto shivaratri nai aaunu parne ki kya ho ......."
आहा! शिबरात्री र फाउ त एकदम रमाईला चाड नी प्रभो। ती त बर्षमा एक चोटी होईन, महिनामा चार पाँच चोटी आए हुन्थ्यो जस्तो लाग्थ्यो, के गर्नु र?
********************
एउटा अर्को कार्यालय पुगेको थिएँ अस्ति अनि त्यहाँ एक छिन प्रतिक्षालयमा समय कटाउनु पर्ने भयो। माथीका गन्थनहरुले समय माथि आरा लाउँदै बसेको थिएँ त्यति बेला।
मौका परेको बेला फेरी गर्नु पर्छ गफ।
सबैलाई हार्दिक धन्यबाद अनि शुभकामना।