Posted by: Nepe March 1, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

ल ! हरे !


यो लहरेको नाम बिगारेरै बोलाको चाही हैन है ।


साझामा अलिकति harmless ठट्टा चल्नु-चलाउनु नै पर्छ भन्ने मेरो मान्यता हो (नेपालका नेताहरु लाई हो भन्छन्, त्यही टिपेर हो भनेको हुँ, नत्र शुद्ध त नै हो नि ) ।


त्यही भएर अलिकति घचेडीदिम भनेर ।


लहरे, जहाँ persuasion को कुरा आउँछ त्यहाँ र खास गरेर जहाँ नियतलाई harmless ठट्टाको रुपमा वा यथार्थमै राख्‍न वाञ्छनिय हुन्छ, persuasion का अनेक विद्या हुन्छन् भनेर हेक्का राखिराख्‍न पर्छ । जस्तो ठाडो विद्या(direct persuasion), ‘उल्टो विद्या (reverse psychology), ‘छड्के विद्या’ (transverse psychology) आदि । यो अन्तिम विद्याको न्वारन चाही मैले गरेको हुँ, त्यसैले google गर्दा भेटिनेछैन यो, just in case.


जहाँ ठाडो विद्या ले काम गर्दैन, त्यहाँ उल्टो विद्या ले काम गर्न सक्छ । तर यसको limitation चाही के भने यसको लागि केही पूर्वघनिष्टता हुनु जरुरी छ । जहाँ त्यो छैन त्यहाँ छड्के विद्या चाहिन्छ ।


छड्के विद्या अनेक flexible कार्यनीतिहरु भएको अति जटिल, कुटिल र कठीन रणयोजना हो । यसको मूख्‍य चरित्र के हो भने यसमा नियत गोप्य राखिन्छ ! यो भन्दा बढी चाही नबताम होला । के पर्छ के, जिन्तखीमा । अलिकता त राख्‍नुपरो नि आफैसित । हिहि !


अब क्रेजीलाई सम्बोधन गर्छु ।


होईन होईन, यसमा माथिको कुरोको लेनादेना छैन । यसो यस्तो मनोरञ्जनपूर्ण कथाको लागि प्रशंसाको अढाई अक्षर कोर्दिम् भनेर । क्याबात ! शुकबार अड्डामै कलिगहरुलाई तर्साउने हँसाईका मुठ्ठा का मुठ्ठा का साथ पढ्या हो कथा त ।


केजाती सारांशमा हुन्छ, कला चाही details मा हुन्छ भन्छन्, क्रेजीको कला गजबसंग देखिन्छ यसमा ।


Adult innocence, Gallows humor seriocomedy लगायतका अनेक तत्वहरु मिलाएर एक स्वादिष्ट व्यञ्जन बनेको छ ।


सिर्जना निरन्तर रहोस् !


कथाको मूल प्रसंग ( simultaneous mass eloping ) को बारेमा चाही यो एउटा सामान्य संजोग मात्र हुनसक्छ कि यस्ता घटनाका लागि कुनै प्राकृतिक कारण पनि हुनसक्छ भनेर घोत्लेको थिएँ । भएमा, जस्तै mass hysteria का केही तत्वहरु हुन सक्छन् कि भनेर सोचेको । तर कथा स्वयंले चाही (भाग्नु अघिका पूर्वलक्षणहरुले) संजोगै देखिन्छ भन्छु ।


अब यो कथालाई फेरि तन्काउने हो भने कस्तो होला भनेर सोच्दा चाही, क्रेजीले उनले एपी बडाबालाई दिएको वचन भङ्ग गर्नुपर्ने वाध्यतामा पुगेकी बनाउँदा चाही एउटा विशेष रसयुक्त हुन जाला जस्तो देख्‍छु । खासमा, खै लहरेलाई सम्झेर हो कि त्यत्तिकै हो, मलाई याद आईरहेको चाही नेपाली उपन्यास पल्लो घरको झ्याल थियो ।


गजबको मनोविज्ञान छ त्यसमा । “reverse obsession” भनिन्छ होला जस्तो लाग्छ त्यसलाई ।


ल है सोचम् ।


अनि नि, यो काल्पनिक पात्र र वास्तविक पात्रलाई मिसाउने विधी कथाको post-modern शैलीहरुमा पर्छ ।


ल मैले धेरै छ्यासमिस् कुरा गरें ।


अब लागें म । शुभरात्री !


 


Nepe      


 


 .

Read Full Discussion Thread for this article