Posted by: Rahuldai February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम सानान्नी, लहरे परिवार ।


भाङ, बुटी, चिलिम त शिवजी को प्रिय पात्र हरु हुन। हामी ले नक्कल मात्र गरेको।


"शिव" महादेब नै हुन शंका छैन। देबादिदेब महादेब। उनको "महिमा" गाएर साध्ये हुन्न।


सबै भन्दा महत्वपूर्ण कुरा त आत्मको पवित्रता हो। शिव को आराधाना , शिवको "साधना" , शिवको "पूजा" गरेर केही हुने वाला छैन। मनभरी को पाप बागमतिमा धुलिंदैन। उल्टो पाप महा पाप बनी चुल्लिंन्छ।



वर्त बस्ने शर्त मा पनि शिव खुशी हुँदैन। शिव जस्तो पती पाउन सोमाबारे बर्त बस्नु शर्त सहित को याचना अझ भनु स्वार्थ बाहेक केही होइन।



शिव निराकार, निरन्जन छन।


मानव मात्र को कल्याण गर्छु भन्नु हुन्थ्यो, पोहर सम्म । यसपाली बागमती को फोहर ले पोहर को कुरा नि बिर्सनु  भयो। आफ्नै भण्डारीहरु लाई ५२ घुस्सा ५३ लात दिंदा नि चुपचाप् कींकर्तब्यबिमूढ , नरही भएर बसे। शायद भोले लाई नि बुढेसकालले छोए छ। नयाँ नयाँ रोग लागे छ। छाती भरी धुंवा धुलो पसे छ।


तसर्थ गाम्लेहरु हरु।


शिव को शत प्रतिशत सम्पूर्ण स्वाश्थ पारीइक्षण गर्न बैंकक लानु पर्ने देखी गच्छे अनुसार को चन्दा, धन्दा नमानी दिनु होला।
 
 

Last edited: 23-Feb-09 09:40 AM
Read Full Discussion Thread for this article