Posted by: Rahuldai February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
पाँच भाई छोरा
तीन छोरी
उमेर भैइगो
दुई कोरी

तैपनि अझै तरुनी देख्दा
बुढो पो हुन्छ तन्नेरी

ज्यान माईली त्यसो त नभन
मन दुख्छ होई मन दुख्छ
ज्यान माईली मन दुख्यो भने
झोक चल्छ होई झोक चल्छ
त्यसो त नभन मन दुख्छ
मन दुख्यो भने झोक चल्छ
झोक चले अहिले लैजान्छ
सासुलाई पछि झोक चल्छ

ज्यान माईलो हाम्रो त घर हो (__)
ज्यान माईलो माउली पनि (__) नि! माउली पनि
सुनको थालमा भात खाने सुनको थालमा
सुनको कोशीमा नुहाउने सुनकोशीमा
दिनमा दिनभरि घाँस खाने
साँझमा एक माना दुध दिने
आफ्नो त गोठमा छ बुढी भैँसी
तिमीलाई ट्याप्पै सुहाउने

ज्यान माईली सेखि मा धेरै न गरौ सेखि मा धेरै
ज्यान माईली हुँदामा तरुनी तन्नेरी हुँदामा तरुनी
माया त लाउनु भन्थेनि माया त लाउनु
सिन्दुर लाउनु (__) सिन्दुर लाउनु
माईतीको काखमा दुई चार पैसा
फुरफुर गर्ने भङेरी
सासुको छेउमा बस्नु है पर्ला
भोकैले सासै नफेरी

ज्यान माईलो त्यसो त नभन
मन दुख्छ होई मन दुख्छ
ज्यान माईला मन दुखेपछि
झोक चल्छ होई झोक चल्छ
त्यसो त नभन मन दुख्छ
मन दुखेपछि झोक चल्छ
झोक चले अहिले .. अहिले ..

Read Full Discussion Thread for this article