Posted by: PJrules February 17, 2009
अमेरिका र हिपोक्रेसी
Login in to Rate this Post:     0       ?        

अमेरिका देश मन परेर र त धेरै जना हामी यता छौं । तर यता कता अमेरिका ले ठिस काम गरिदिंदा भने मन खिन्न हुन जान्छ, तेस्रो दर्जाको नागरिक पो भैयछ भनेर ।


कुरो इकोनोमिक स्टिमुलसको हो । H1B को SSN भए पनि H4 को धेरै जसो SSN नभएर ITIN मात्र हुन्छ । TAX त joint file गर्नै पर्‍यो Married status भए पछी । तर एक जना को SSN नभए पछी दुबैको स्टिमुलस नआउने  रहेछ ।


हुन त SSA ले कुनै Federal Program मा SSN नभएको कारण benefit लिन मिल्दैन भने Work Permit नभएका Legal Resident ले पनि SSN लिन पाउंछ भनेर लेखेको रहेछ (http://www.socialsecurity.gov/OP_Home/cfr20/422/422-0104.htm)। तर SSA म बुझ्न जांदा Economic Stimulus पाउन SSN दिन मिल्दैन भन्यो । अरे बाबा, कि SSN देउ कि त स्टिमुलस eligible बनाइ देउ ??????


एक त H4 ले काम नै गर्न पाउंदैन, त्यस माथि एक्लो कमाइले चली रहेको परिवार लाई झन मार मा पर्ने ? H1b ले फेरी अमेरिकि जस्तै Federal, State, SSN, र Medicare tax तिरेकै हुन्छ, किन तिनीहरुको परिवारलाइ मात्रा पाखा गरेका हुन? यो त अन्याय नै हो ।   


पोहर साल त गयो गयो, यस पाली के गर्ने हुन कुन्नी ?  आश भने थोपो छैन, जे भने पनि पराइ देश भनेको पराइ नै हो ।

Read Full Discussion Thread for this article