Posted by: Amazing February 14, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्री कपमा चार राष्ट्रको टोली काठमाडौं आउने














 

आयोजनाको तयारी तीब्र

प्रकाश तिमल्सिना, काठमाडौं फागुन ३-

झन्डै एक दशकपछि नेपालमा चार देशका राष्ट्रिय फुटबल टिमको जमघट हुने भएको
छ। यसै महिना हुने प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल
प्रतियोगितामा भाग लिन श्रीलंका, पाकिस्तान र बंगलादेशको राष्ट्रिय टोली
नेपाल आउँदैछन्। प्रतियोगितामा थाइल्यान्डको जे डब्लू टिम पनि आउँदैछ।



सन् १९९९ मा भएको आठौं साफ खेलकुदयता एकै पटक दक्षिण
एसियाका तीन राष्ट्र नेपाल आएका छैनन्। पाकिस्तान भने गत बर्ष दुई मैत्री
खेलका लागि नेपाल आएको थियो।


नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजना रहने
प्रधानमन्त्री कपमा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग छ।
प्रतियोगिता दशरथ रंगशालामा फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ।


महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दले प्रतियोगिता
तयारी तीब्र रुपमा अघि बढेको बताए। ´एन्फाको पहलमा श्रीलंका पाकिस्तान
बंगलादेश र थाइल्यान्डको टोली आउने पक्का भैसकेको छ। हामी भोलि आइतबार
खेलतालिका सार्वजनिक गर्नुका साथै मूल आयोजक र सल्लाहकार समिति गठन
गर्छौं- चन्दले शनिबार दैनिकी डटकमसँग भने।


एन्फा अध्यक्ष गणेश थापाले बंगलादेशको राष्ट्रिय टोली
आउने पक्का भइनसकेको बताए। ´बंगलादेशका ब्राजिली प्रशिक्षक आउन मानेका
छैनन् भन्ने मैले सुनेको छु´, उनले भने- ´एक दुई दिनमा टुंगो लाग्छ।´
श्रीलंका र पाकिस्तानले नेपाल भ्रमण पक्का गरिसकेको उनले बताए।

प्रधानमन्त्री कपमा नेपालको रातो र नीलो दुई टोलीले प्रतिस्पर्धा
गर्नेछन्। नेपालका दुईसहित ६ टोलीले प्रतियोगितामा भाग लिने महासंघ
अध्यक्ष चन्दले बताए।

अर्को महिना एएफसी च्यालेन्ज कप फुटबलको समूह चरण नेपालमा हुँदैछ। प्रधानमन्त्री कपलाई एन्फाले त्यसैको तयारीका रुपमा लिएको छ।

´प्रधानमन्त्री कपलाई हामी च्यालेन्ज कपको तयारीका रुपमा लिएका छौं´,
एन्फा अध्यक्ष थापाले भने- ´दुई टोली बनाएपछि राष्ट्रिय टोलीले विकल्प
धेरै पाउँछ।´ च्यालेन्ज कपको समूहचरण मार्च २५ देखि ३० सम्म हुनेछ।

प्रधानमन्त्री कपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। लिगकम
नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल जानेछन्।
महासंघ अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा करिब २ करोड रुपैयाँ खर्च
हुनेछ।

प्रधानमन्त्री कपका लागि दशरथ रंगशाला मर्मत तीन साताअघि नै सुरु गरिएको
छ। केही दिनपछि रंगशालामा कुर्सी फेर्ने र शौचालय मर्मत गरिने उनले जनाए।
प्रतियोगितामा आर्थिक सहयोगका लागि सरकारसँग पहल भएको चन्दले जानकारी दिए।
´प्रधामन्त्रीसँगै कुरा गरेका छौं´ उनले भने- ´उहाँ सकारात्मक हुनुहुन्छ।´

From :Dainikee




 

Read Full Discussion Thread for this article