Posted by: Rahuldai February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा द्स्रो राउण्डको जदौका साथमा तारेमाम।



जदौ र तारेमाम जती राउण्ड हाने नि थप्पड चाँही भेटिदैन होला नि चेली?
चिप्ले टरक मा काजु भात भन्नाले हाम्रो पाठशाला को कम्पाउण्डमा थुप्रो फुड ट्र्क हरु हुन्छन, लन्च डिनर चिया नास्ता बेच्ने। तिनै ट्रकमा क्याशियोनट चिकेन खाने भनेको। सस्तो मिठो ४ डलर मा टन्न।


हाम्रा नि एक जना गुरु थिए, हफ्ता १ दिन डस्टर को बुस्टर् नखाएको कसैले हुँदैनथ्यो। कहिले होमवर्क पुरा नगरेको, कहिले पुस्तक नल्याको, कहिले किलासमा चक चक गरेको, कहिले मास्टर छिरी सकेपछी छिरेको। होमवर्क नि अती हुन्थ्यो ज्यामिती को । साध्य सजिलो खालको भए ५ पल्ट, अली गाह्रो टिरिक चाहिने भए १० पल्ट, अनी गाह्रो खालको भए १५ पल्ट लेखेर ल्याउनु पर्ने। जती पल्ट पुगेन त्यती नै डस्टर खानु पर्थ्यो।



एक दिन हामी भन्दा सिनियर ब्याच को एस् एल सी को रिजल्ट भाको केही दिनमा एक जना विद्यार्थीले सर लाई बाटो मा भेटे छ र बडो प्रफुल्ल मुद्रा मा नमस्कार ठोकेछ। सर ले नि नमस्कार फर्काए र कस्तो भयो रिजालट भनेर सोधे छ। विद्यार्थी त झन के कम फस डिभिजन जो ल्याको थियो- फास्ट डिभिजन ल्याएं सर- गर्ब का साथ जवाफ फर्काए छ।


सर ले "डिभिजन सोधेको होइन म्याथ मा कती आयो भालुमान" ( सरले नाम कसैको याद नगर्ने र सबैलाई भालुमान थेगो लगाउनु हुन्थ्यो। )।


" बडा राम्रो भो म्याथ मा, ९० आयो सर "।
यती के भन्याथ्यो सरले पालाई पालो दुई गाला मै डाम को सिग्नेचर ठोक्दिनु भयो।


"९९ ल्याउने त ९ जना छन , ९५ ल्याउने ५० जना, तं भालुमानले ९० ल्याएर म खुशी हुन्छु होला भनेर सान का साथ नमस्ते ठोकेको? लाज छैन तं लाई ?"


सर को त्यो थप्पड को गुन्जन कालन्तर सम्म गुन्जी रह्यो ।


पछी हाम्रो ब्याच को रिजल्ट् हुंदा, रिजल्ट् भाकै दिन झन्डै त्यस्तै सिग्नेचर भेटएको मैले पनि, अरु गुरुबा गुरु आमा हरी साथ भएर बचियो।
"तं भालु मान , क्लास छोडेर निबन्ध प्रतियोगिता, हाजिर जवाफ मा जानु पर्ने? बोर्ड फस ल्याउनु पर्ने ले बोर्ड को लास्ट लास्ट तिर ल्याउने?"
गजब को गुरु बा, बोर्ड को यो लास्ट मा झुण्डिन त क्या सकस भाथ्यो, त्यसमा बधाई सधैं दिनु छैन, झन्डै झापु।
  

Read Full Discussion Thread for this article