Posted by: cheli February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ल! माइली भाउजुलाई मेरो नि शुभकामना आजै देखि! बुढा-बुढी दुबैजना बेपत्ता, शुभकामना दिएर नि सुन्ने होइन होला त!!

सान्नानी दिदी, लेख्न त खोजेको हो नि तर के गर्नु ---

बोल्दैन उ मसँग नि लाटिएको छ कि क्या हो
कसैसँग मेरो कलम साटिएको छ कि क्या हो

साथी मेरो उही त थ्यो, मनका सारा कुरा खोल्न
कहिलेकाहिं रिसाउन, कहिले फेरि हाँस्न-बोल्न
मैं देखि पो उसको मन काटिएको छ कि क्या हो
कसैसँग मेरो कलम साटिएको छ कि क्या हो


Read Full Discussion Thread for this article