Posted by: Nepe February 12, 2009
एक उत्कृष्ट व्यंग: "I am a Modern Man" by George Carin
Login in to Rate this Post:     0       ?        

DWI,


मलाई पनि त्यस्तै लाग्छ, we share a similar view when it comes to details. However, somehow, our summaries are different !


May be we are looking at different regions of the same graph. Or we are interpreting the borderline somewhat differently.


>An underdeveloped country like ours obviously have a lower literacy

>rates when compared to the western civilization. This, no doubt,

>would have a direct correlation to what the mass expects when they

>go to a media outlet. Sure we might have tens of thousands of those

>“capable” minds that would appreciate a quality product; but we have

>millions who would rather follow a “masala” show, regardless of the

>quality.


The case I am trying to make is rather humbler than this. All I am saying is that the contemporary Nepali viewers are capable of absorbing, and in fact wishes to see, much higher quality comedy than the vulgar caricature being served. I have seen many housewives नाक खुम्च्याउदै गरेको when they watch those kind of comedy shows on TV.


I don’t think the currently abundant vulgar caricature is what Nepali viewers like to see. They simply watch it because they have nothing else to watch and nothing else to doपनि ।


त्यही ठानेर मैले नेपाली कार्लिनहरुले कम्तीमा आफ्नो भाग्य आजमाउनुपर्‍यो भनेको हुँ । यत्ति हो, नेपाली कार्लिनहरुले अम्रिगने कार्लिनको भाषावलीको ठाडो नक्कल गर्ने होईन, गोर्खे मनले बुझ्ने गोर्खे भाषावली र शैली रचना गर्न सक्नुपर्‍यो । होईन भने तपाईले भन्या जस्तै सिमित दर्शकले मात्र पचाउन सक्नेछन् त्यो । कुरा त्यत्ति हो ।


नेपाली कार्लिनले नेपाली दर्शकलाई म त आधुनिक मान्छे प्रस्तुत गर्‍यो भने पक्कै बुझ्ने छैनन् । तर उसले म त आन्दोलनकारी मान्छे भनेर समकालिन नेपाली जीवन प्रस्तुत गर्‍यो भने नबुझ्ने को होला ?


 


*** *** *** ***


 


Rewire Ji,


जापानी सिनेमाको सिने-योगदानको परीचयको लागि धन्यवाद । जापानी दर्शक दक्षिण एशियाली दर्शक भन्दा अलि भिन्दै छन् भन्ने मानेर नै मैले तीनको नाम नलिएको हो । मैले चिनियाँ दर्शकको मात्र चाही सन्दर्भ किन उठाएको भन्दा चिनियाँ दर्शकहरुको स्वाद मोटामोटी रुपमा दक्षिण एशियाली दर्शकहरुको स्वादसंग मिल्दोजुल्दो छ कि भनेर । र त्यसै हो भने, कलात्मक चिनियाँ सिनेमाहरु चिनियाँ दर्शकले मन पराउने तर कलात्मक दक्षिण एशोयाली सिनेमा दक्षिण एशियाली दर्शकले चाही मन नपराउने कसरी भयो भनेर प्रश्न उठाएको हुँ ।


दक्षिण एशियाली सिनेश्रष्टाहरुले चिनियाँ सिनेश्रष्टाहरुसंग सिक्न पर्ने केही कुराहरु पो छन् कि भन्ने मेरो आसय हो ।


Again, दक्षिण एशोयाली दर्शकहरु खास किसिमको सिनेमासंग अभ्यस्त भएको कुरा स्वीकार गर्दै त्यस्तो सिनेमाबाट बानी छुटाउँदै लगेर (बजारतन्त्रको sense मा है, मैले परोपकारतन्त्रको sense मा भनेको होईन) कलात्मक मुल्य भएका सिनेमा बजारको बारेमा सोच्नुपर्‍यो कसैले भनेको नि ।


दक्षिण एशियाली उद्यमीहरुले high risk भएका कैयौं गैर-बौद्धिक उद्यममा लगानी गरेको देख्‍न सकिन्छ । त्यही कुरा बौद्धिक उद्यममा किन हुँदैन ? यो चाही नेपाली र अन्य दक्षिण एशियाली उद्यमीहरुलाई मेरो प्रश्न ।


एकजना सिनेश्रष्टासंग मेरो कुरा भएको थियो । उनी नेपाली सिनेमा अहिले एकदम high risk व्यवसाय भएको छ, सिनेमाहरु एकपछि अर्को गरेर flop भएका भए छन् । उनी सकेसम्म थोरै लगानीमा एउटा सिनेमा बनाउने धुनमा थिए ।


सकेसम्म थोरै लगानीमा त्यो पनि नेपाली दर्शकको लागि भनेर बनाईने सिनेमा कस्तो हुनेछ र त्यसको के हालत हुनेछ भनेर अनुमान लगाउँदै मैले भने अन्तर्राष्ट्रिय दर्शकको लागि (award सेवार्ड जित्‍न सक्ने खालको) किन नबनाउने ?


मैले ईरानी निर्देशक Abbas Kiarostami को चलचित्र ‘The Taste of Cherry’ को उदाहरण दिदै भने, बजेट ठूलै हुनुपर्छ भन्ने छैन, कलात्मक सोच हो खास चाहिने कुरा । अहिले नेपाली समाज यावत कुराहरुबाट गुज्रिरहेको छ, कलात्मक सिनेमाको लागि अनन्त खजाना छ यहाँ ।


उनले टाउको हल्लाए । कुरा सिद्धियो । उनी संभवत: उही कलिउडे सिनेमा बनाउने प्रोजेक्टमा छन् ।


 


Nepe     

Last edited: 12-Feb-09 01:24 PM
Read Full Discussion Thread for this article