रिट्ठे त्यस्तो नभन साथी। चौतारीको माया कहाँ बाट मार्नु? पहिले जस्तो धेरै धाउन अहिले मिल्दैन त्यती हो। तर पनि आएकै छु, र आउछु पनि मिल्ने बित्तिकै।
बौचा के छ तिम्रो हालखबर? के हो खुब कुमारीगाल पुग्न थालएको छौ रे नि हो?
ठुल्दाइ यो दक्षिणकाली ले त मेरो कहिले कल्यण गरेको थाहा छैन। जम्मा दुई चोटि पुगेकी छु। एक्चोटी चै पिक्निक भनेर गएकी फर्किदा हातमा तीन स्टिचेज लगाउनु पर्यो मन्दिरमै पच्छारिएर।
अर्को चोटि को त झन के कुरा गर्नु। जाँच सिद्धिएर बाहिर पनि निस्किन पाएको थिन पूजा आइपुगी जाँच खत्तम भो मूड झन खत्तम हिंड जाउ दक्षिणकाली सबोध, प्रणय र स्वस्ति कराइराछन जाने भनेर भन्दै। स्कुल को युनिफोर्ममा तै जा, कसैले देखे भने पनि बेज्जेत स्कुल बन्क गरेको जस्तो भनेको मन्दिर त जान्न भन्नै हुन्न, पाप लाग्छ, फेरी फेल होलिस भन्न थाली। कुरा सुन्दा त हो जस्तो पनि लाग्यो। गयौं पनि। मन्दिर घुमेर एक्छिन चिया सिया खाएर हिड्दा ३-४ घण्टा त लागिहाल्यो। फेरी दशा लागेको बेलामा के के हुने, सिधै घर नगएर पहिले पूजाकाँ गएँ। भएको नभएको कुरा गरेर बस्यौ। घरको हालत के छ भनेर फोन गरेकी त भाई ले उठाएर "दिदी हजुर दक्षिणकाली मै हो अझै? मामु ले खुट्टा भाँच्ने रे" पो भन्छ। अब भो के? कुन चै पापी ले देखेर कुरा लाउन भ्यैसकेछ घरमा। घर भित्र छिर्न महाभारत थ्यो झन छिरे पछी त बाथ्रुम मा लुकुँ कि खाट मुनी भईहाल्यो नि। धन्न ज्यान चै जोगाकी थिएँ र आज भन्न पाइराछु