Posted by: Ved555 February 9, 2009
Prachanda and 1 Coror Vehicle
Login in to Rate this Post:     0       ?        

प्रचण्डलाई यसो गर्न चाहिएको होला करोड पर्ने गाडी


Filed under: समाचार र
विचार
— Administrator @ 1:43 pm [From Mysansasr. com]


रविन अधिकारी


करोडौँको गाडी चढ्नेले घरअगाडिको खाल्डोमा एक बोरा गिट्टी पनि खसाल्दैनन् भनेर
चित्त दुखाएर ‘आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई’ सम्बोधन गर्ने प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यति झोँक चलेछ कि अब आफैले त्यसको शुभारम्भ
गर्नुपर्‍यो भन्ने ठानेछन्। त्यसैले त अब १५ दिनपछि उनी नयाँ झन्डै करोडै रुपैयाँ
पर्ने गाडी चढ्दैछन्। जापानबाट मगाइएको यो टोयोटा कम्पनीको एकदम आधुनिक सुविधाहरु
जोडिएको गाडी चढ्दै शायद अब उनी सबैको घरअगाडिको खाल्डोमा गिट्टी खसाल्दै हिँडेर
सबैलाई उदाहरण दिन चाहन्छन्। ताकि सबैले उनको सिको गर्न सकून्। नत्र भए तपाईँ आफै
भन्नुस्, किन चाहियो होला त प्रधानमन्त्रीलाई १ करोड पर्ने गाडी ?


प्रधानमन्त्रीलाई यत्तिकै पनि तीन वटा गाडी छँदै थिए। गृह मन्त्रालयले उनकै लागि
दुई वटा मर्सिडिज बेञ्च कार दिएकै थियो। तर त्यसलाई बालुवाटारमा थन्काएर उनी चढ्थे
विद्युत प्राधिकरणको गाडी।


जनयुद्ध कालमा उकालो ओरोलो हिँडेर कुदेकोमा गर्व गर्ने प्रचण्डलाई अहिले
प्रधानमन्त्री हुने बित्तिकै किन चाहियो विलासी सुविधा हँ ? गाडी नै चढ्न नहुने
भन्न खोजिएको हैन। गाडी चढ्नु पर्छ। जनताका काम छिटो गर्नलाई पनि गाडी चाहियो नै।
समयको सदुपयोग गर्दै थोरै समयमा धेरै काम सम्पन्न गर्नलाई हो गाडी चाहिने। त्यसका
लागि एउटा गाडी भए काफी हुन्छ। लौ त्यो बिग्रयो सिग्रयो भने एउटा थप गरी दुई
वटासम्म भए पनि ठीकै हो भन्न हुन्थ्यो। तर उनलाई त दुई वटा हैन तीन वटा हुँदा पनि
अझ करोड खर्चेर नयाँ गाडी किन किन्नुपरेको हो ?


चमत्कार यति छिटो नहुने रहेछ भन्ने पाँच महिनापछि बुझेका प्रचण्डले देशमा त
चमत्कार गर्न सकिएन सकिएन, आफ्नो जीवन शैलिमा चाहिँ चमत्कारिक परिवर्तन गर्नुपर्‍यो
भन्ने सोचेका हुन् कि ?


अब आफैलाई कारबाही गर्ने हैन ?
सरकारी खर्चमा मितव्ययिता ल्याउने भनी
मन्त्रिपरिषदले पाँच महिनाअघि निर्देशिका जारी गरेको थियो। त्यो निर्देशिकाका ९२
बूँदामा एउटा थियो- सवारी सुविधा पाउने अधिकारप्राप्त व्यक्तिले एकभन्दा धेरै
सवारीसाधन प्रयोग गर्न नपाउने। यदि कसैले एकभन्दा धेरै गाडी प्रयोग गरेको भए सुविधा
उपलब्ध गराउने र प्रयोग गर्ने दुवैलाई कारबाही गर्ने।


अब कि त निर्देशिकालाई मान्य नहुने घोषणा गर्नुपर्‍यो। कि भने प्रधानमन्त्रीलाई
पनि कारबाही गर्नुपर्‍यो। छ त कोही प्रधानमन्त्रीलाई कारबाही गर्ने ?

Read Full Discussion Thread for this article