Posted by: Syandai February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चौतारी सदस्यता सम्बन्धमा .
 
आदरीण चौतारिका बड़ा बा!!


उपरोक्त सम्बन्ध मा म पल्लो गाउमा बस्ने, बर्स बीस देखि तिस सम्म को सान्दाई भन्ने  सान्दाई को बाऊ र आमा को छोरा ले यो चौतारी को सदस्यता को निबेदन दिन चाहन्छु. मलाई यो तल को बिसय ले गर्दा निबेदन दिनु परेको  कुरा पनि अबगत गराउन चाहन्छु.
  
म यो चौतारीमा धेरै चोटी आए गए ..न त केहि बात मारियो न त कोही संग केही बोलियों. चिना पर्ची पनि कोही संग भयेन. अब आयो गयो कसैले पनि बास्ता गर्दा रहेनछन चौतारीमा नाम नलेखौदा सम्म. येसो बिचार गरे मैले पनि नाम त लेखाउनु पर्यो भनेर...फेरी बिचार आयो ..नाम लेखायेर मात्र के गर्नु चौतारीमा बसेर बात मारन  पनि जान्नु पर्यो..मत फेरी introvert मान्छे ..सित्ती मान्छे संग बोल्दै नबोल्ने बोले पछी आंद्रा भूडी पनि निकाल्ने ...तर  कोही संग बोल्न नपरे हुन्थ्यो चाही भन्ने..  तै पनि येसो बेला मौका मा हैसे मा होस्टे मिलाउने  कबुल गर्दै... यो निबेदन सुइकीर्त गरीदिनु हुन अनुरोध गर्द छू . 


नोट : मलाई चिन्न चाहानु हुन्छ भने ...म तेहि पर चौतारी को डिल मा बसेको धर्के कमीज र हाफ कट्टु  अनि हात्ती  छाप चप्पल लगाएको ..पल्पाली ढाका टोपी बिपरित दिशा तीर घुमाएको .. गहू गोरो केटो ...अब मलाई माला लगाएर स्वागत गर्ने भये मेरो नाम भन्नुस म जुरुक्क उठेर  चौतारीको बिच माँ आएर सबैलाई नमस्कार गर्ने छु.


भवदीय,


सान्दाई
सन २००९ फरवरी ०९

Read Full Discussion Thread for this article