रंगहरुको समायोजन यसपालि अद्वितिय थियो । नहोस् पनि कसरी म जे जन्माउँदैछु
त्यो तस्विर युगमा जन्मिन्छ म नभेटिकन नै कसैलाई बुझ्दैछु उसका मुस्कानहरु सँग
खेल्दैछु उसका रहस्यहरुलाई पत्रपत्र उक्काउँदैछु । उ थोपा थोपा मा पग्लिँदैछे मेरा
आकारहरु मा !!!!
मैले उसको आग्रहमा पनि उसको अनुहार कोर्नै पर्ने थियो जुन मेरो यात्राको रोमान्चकता थियो । मलाई एउटा मात्र कुरा उसको अनुहारको बारेमा थाहा छ के भने उसको आँखा का परेलीहरु लामा र आँखा गहिरो छ ।कुनै जंगल विच छोपिएर बसेको कसैको आँखा नपरेको तलाउ जस्तो । किन कि उसले मलाई त्यसमा डुबाउने आँट गरेकी छे । उसलाई थाहा छ जब म उसका आँखा हरुमा हराउँदै जानेछु म अरु कुराहरु बिर्सिँदै जानेछु मलाई आफ्नो अस्तित्व भन्दा पनि उसको चित्रमा कोरिएको उसको आँखा प्यारो लाग्नेछ र त उ उघारिइन खोजेकी थिई चित्रमा।
उसको फोनको घण्टि बज्यो!!!!मैले दोस्रो घण्टिको मौका दिइन !!!!!
“अहिले अडिएको छु मलाई डुबाउने आँखाको खोजिमाँ!!!”
उ मुस्कुराई !सन्तुष्ट थिई उ ।। हरेक स्त्रिचरित्रलाई प्रशंसा मन पर्छ । म त उसको प्रशंसाको पहाड बनाउँदैछु ।
“कति कोरिएँ त म ?”
“भन्दैछु नि आँखाको खोजिमा छु !”
“कस्तो छ त मेरो आँखा ?”
“पक्कै पनि गहिरो ,कसैलाई बगाउन सक्ने लहरहरु भएको !!!एउटा सिंगो समुन्द्रको शक्ति भएको ”
“तिमी मेरो धेरै तारिफ गर्छौ मलाई सामान्य बनाउन किन चाहन्नौ !”
उसले थोरै आपत्ति जनाई । त्यो उसको आपत्ति नै त पक्कै पनि होईन होला । मनको बोलि नसुनिएँ पनि उ पक्कै पनि खुशि थिई । उ मेरो मुखबाट पक्कै पनि अरु तारिफ सुन्न चाहन्थी । जसरि मेरा चित्रबाट उसले मलाई चिनिरहेकी थिई म पनि बिस्तारि बिस्तारि मेरो कोठाको एकान्तमा उसलाई अनुभव गर्न थालेको थिएँ । हो मलाई चित्र बनाउन सजिलो हुँदै गएको थियो ।
“मलाई आफुलाई लागेको मात्र हो , तर अब त म तिम्रै सोचलाई प्राथमिकता दिँदै छु नि त !”
“के थाहा तिमीले धेरै कुरा अझै लुकाएकै छौ !”कुराकानि हलुका भइराखेकोले त्यहि मौका को फाइदा उठाउने प्रयास गरेँ ।
“तिमीलाई म घमण्डि लाग्छ हो , जानी जानी कुराहरु लुकाउने ?”
उ फेरि गम्भिर भइ शायद !! !!!!! म फोन बाट उसको अनुहारको भाव किन नियाल्न सक्दिन ?
“लाग्दैन तर जब जब तिमी कुरा हरु लुकाउँछौ म फेरि हारे जस्तो लाग्छ !”
“को सँग ?म तिम्रो प्रतिद्वन्दि होईन !’
“मलाई थाहा छ शायद आँफै सँग !हेर तिम्रो लागि म आँफै सँग युद्द गर्दैछु । आँफै आफुसित क्रान्ति गर्छु ,फेरि आफुलाइ सम्झाउँछु आफु आफैसित वार्ता गर्छु फेरि झगडा पर्छ आँफैसँग “
“तिमी चित्र नकोर्ने भए पक्कै पनि लेखक हुन्थ्यौ । मलाई तिम्रो चित्र मात्र होईन तिम्रा शब्दहरु पनि मन पर्छन् । अब मलाई कोर्ने जिम्मा तिम्रै छ तिम्रो चित्रको अन्त्यको ब्यग्रताको साथ प्रतिक्षामा छु।“
उसले फोन राखि म आफ्नो कार्यमा ब्यस्त भएँ । उसको आँखा गहिरिँदै गयो म आफै बनाउँदै आफै त्यसमा हराउँदै गएँ । गोलो अनुहारमा उसको गहिरो आँखा ,मुस्कान छरिएको ओठ यसरि जडिदै गयो मानौँ मैले रंग मेरा ब्रशहरु बाट नभएर प्रक्रितिबाट सापटि लिएको छु ।चित्र जीवन्त हुँदै गयो । उ अब फोनबाट नभएर चित्रै बाट मलाई बोलाउँछे जस्तो लाग्यो । मैले उसलाई समय दिएको थिएँ उसको चित्रको अन्त्यको !!!! अब दुइघण्टा पछि उसले फोन गर्छु भनेकी थिई मलाई उसको रुपलाई अन्तिम
पोलिस दिनु थियो ।
के अपुर्ण छोडुँ त यो अद्वितिय कलालाई म ?
मैले निर्क्यौल गरेँ म उ सँग माफि माग्नेछु । म सँधै तिम्रो चित्रमा केहि न केहि थपिरहन चाहन्छु । मैले आज पनि पुर्णता पाइन भनेर भन्नेछु । मैले घडि हेरेँ अब करिब पन्ध्र मिनट बाँकि थियो । अनि फोनको घण्टि हेरेँ मानौँ बर्षौ देखि म त्यसको प्रतिक्षामा छु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मलाई समाप्त लेख्न मन छैन ।म यो कथामा पुर्णता चाहन्न म चाहन्छु म लेखिरहुँ लेखिरहुँ !!!!!!!!!