Posted by: CHYAME KANCHA February 8, 2009
Who is the most Corrupted people of Nepal?
Login in to Rate this Post:     0       ?        



सोमबारका
पत्रपत्रिकाबाट





 

  • प्रधानमन्त्री दाहाललाई एक करोडको गाडी


  • माओवादी
    एनजीओलाई पाँच करोड


प्रधानमन्त्री पुष्पकमल दाहालले अबको १५
दिनमा एक करोड रुपैयाँ पर्ने गाडी चढ्दैछन्।


नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार
सरकारले उनका लागि जापानबाट मगाएको टोयोटा कम्पनीको अत्याधुनिक सुविधासम्पन्न
ल्यान्डक्रुजर जिप भारतको कोलकत्तामा आइपुगेको प्रधानमन्त्री कार्यालयले बताएको छ।
प्रधानमन्त्रीका लागि भनेर सरकारले तीन महिनाअगाडि चिलिमे जलबिद्युत् परियोजनाबाट
बा१झ १०२९ नम्बरको टोयोटा गाडी ल्याइएको थियो। केही दिन पछि आइपुग्ने उक्त गाडीसहित
प्रधानमन्त्रीसँग चारवटा गाडी हुनेछन्।
माओवादी एनजीओलाई पाँच
करोड

सरकारले द्वन्द्वपीडित बिद्यार्थीका लागि छुट्टयाएको पाँच करोड
रुपैयाँ माओवादी एनजीओ ´शहीद प्रतिष्ठान बालाजु´ का नाममा निकासा दिएको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार उक्त रकम बाँड्ने जिम्मासहित
प्रतिष्ठानको नाममा रकम निकासा दिइएको छ। माओवादी सभासद् पोष्टबहादुर बोगटी अध्यक्ष
रहेको शहीद प्रतिष्ठानका अन्य पदाधिकारी तथा सदस्यमा माओवादी सभासद् र नेता छन्।
ुयोजना आयोगबाट उक्त फाइल सदर भएको पत्र पाएपछि मन्त्रालयले रकम निकासा दिईसक्योु
शिक्षा मन्त्रालयका प्रवक्ता लेखनाथ पौडेलले बताए।

Read Full Discussion Thread for this article