Posted by: Geology Tiger February 8, 2009
What DCNEPAL says
Login in to Rate this Post:     0       ?        

 


हा हा हा, गजब देखियो DC नेपाल र साझाको प्रयोगकर्ताहरुको बिचको दोहरी! एकले अर्कोको बद्ख्वाईं गर्न कुनै कसर छोड्ने भएनन् जस्तो छ, यो फोहरी, त्यो फोहरी, अश्लील,श्लील......के के हो के के? यो संसारमा कुनै पनि खराब पक्ष नभएको सबै गुणै गुणले भरिएको कुनै कुरा छ? जहाँ गए पनि राम्रा र नराम्रा दुबै थरी बिचार  भएका मान्छेहरु हुन्छन्, राम्रै राम्राले भरिएको कुनै ठाउँ छैन, साझा पनि सबै कुराले राम्रो छैन, DC नेपाल पनि। DC नेपालको वेबपेजको जसरी डिजाईन गरेको छ त्यो साच्चैं भद्दा देखिन्छ, समय समयमा राखिने भिडियो क्लिपहरु पनि नराम्रा सामाग्रीले भरिएको हुन्छ तर यसो भन्दैमा त्यहा भएका सबै कुरा नराम्रा छन् भन्ने चाँही होइन। कतिपय मौकामा यस्मा कामलाग्दा र मनोरन्जक सामाग्री पनि भेटिन्छ। यसैगरी साझाका प्रयोगकर्ताहरुले पनि कहिले कही अत्यन्तै वाहियात बहस सुरु गर्छन्। कहिले काँही अश्लील भिडियोहरुको लिन्क पनि हाली दिन्छन्, तर तपाईं यसबाट चाहिने चाहिने कुरा मात्र छानेर लिनुस् अनाबस्यक कुरामा चासो नदिनुस्, उखुँ खाए जस्तै हो, रस जती चुसेर लिने अनी छेक्रा जती फालिदिने। प्रस्तुत सामाग्री साँच्चैकै आपत्तिजनक छ भने सम्बन्धित ब्यक्तीहरुलाई सचेत गर्नुस्, सल्लाह दिनुस् र त्यस्लाई ब्यबस्थित बनाउन सहयोग गर्नुस् नकी तथानाम गाली गर्दै हिंड्ने।


 

Last edited: 08-Feb-09 04:43 PM
Read Full Discussion Thread for this article