Posted by: kya_naam_disturb February 5, 2009
लोड शेडिङको करामत...... :)
Login in to Rate this Post:     0       ?        


लोड शेडिङको करामत...... :)



लोडसेडिङले गर्भवती बढे





सुरज कुँवर


काठमाडौं,
माघ २३ - प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका
एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा
थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए ।

होटल
व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ ।
चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । अध्ययनसँगै
रोजगारका लागि मेलवर्न जाने तयारीमा रहेका शर्माले गर्भ रहनुको दोष
लोडसेडिङलाई दिए । पुतलीसडकस्थित एक कम्प्युटर मर्मत केन्द्रमा आबद्ध उनले
ख्यालख्यालैमा गर्भ रहेको बताए ।

गत मंसिरमा मागी बिहे गरेका शर्माले गोजीबाट युरिन टेस्ट

-पिसाब
परीक्षण) को रिपोर्ट झिकेर छेउमै बसेकी पत्नीलाई थमाउँदै परिचय नखुलाउन
आग्रह गर्दै भने, 'लोडसेडिङले गर्दा दिन/रात डेरामा उनीसँगै बित्छ ।'

 पछिल्ला
दिनमा लोडसेडिङका कारण गर्भ रहेको स्वीकार्ने शर्मा जोडी एक्ला होइनन् ।
उनीहरूजस्तै परोपकार प्रसूतिगृह थापाथली, पाटन अस्पताल र विभिन्न नर्सिङ
होममा देखा पर्न थालेका छन् । प्रसूतिगृह र पाटनले उपलब्ध गराएको
तथ्यांकअनुसार गर्भ रहनुको प्रमुख कारण अस्थायी साधन प्रयोग नगर्नु,
दम्पतीको लापरबाही रहनुसँगै लोडसेडिङ पनि जोडिएको छ ।

'यो
प्रमुख कारण होइन तर यो पनि एउटा कारण हुन पुग्यो' प्रसूतिगृहको गर्भपतन
सेवा केन्द्रकी प्रमुख चिकित्सक सुधा थापाले भनिन्, 'सहरी बस्तीका
दम्पतीमा गर्भ रहनुमा अँध्यारो पनि कारण बन्न थालेको छ ।' थाहा
पाउनेबित्तिकै चलाख दम्पतीले निजी र सरकारी स्वास्थ्य केन्द्रमा गर्भपतन
गराउने गरेको उनले बताइन् । विद्युत् राष्ट्रिय प्रशारण लाइनबाट तीन
वर्षयता हिउँदमा दैनिक न्यूनतम सात र अधिकतम १६ घन्टासम्म लोडसेडिङ हुने
क्रम जारी छ । जनजीवन, कार्यालय, व्यापार, उद्योगसम्ममा असर पारेको
लोडसेडिङले पछिल्ला दिनमा फुर्सदीला भएका दम्पतीमा बढाइरहेको यौनकर्म र

गर्भबारे चिकित्सक र स्वास्थ्य केन्द्रमा तथ्यांक संकलन भने गरिएको छैन ।

पाटन
अस्पतालकी चिकित्सक अल्का सिंहका अनुसार नेपालमा तीन वर्षयता बढिरहेको
लोडसेडिङको प्रजनन क्षेत्रमा असर आगामी वर्षबाट देखापर्नेर् सम्भावना छ ।
डेरा गरी बस्ने जोडीमा लोडसेडिङले बढी प्रभाव पारेको


। अर्का चिकित्सक पवन शर्मा भन्छन्, 'सेक्सुवल एक्टीभीटी बढेको छ,
लोडसेडिङ नहँुदा काममा जोतिने अधिकांश दम्पती तनावमा मेट -यौनानन्द) हुने
सम्भावना कम हुन्थ्यो तर फुर्सदिला भएपछि पि|mक्वेन्सी बढ्छ ।'

पाटनकै
मेडिकल रेकर्डर मीना दवाडीका अनुसार पछिल्ला दिनमा कार्यशालामा समेत
गर्भवती र गर्भपतनको संख्या बढाउन लोडसेडिङको प्रभावबारे चर्चा हुन थालेको
छ ।

प्रसूतिगृहमा
गत वर्ष २४ हजार २ सय २५ महिलाले बच्चा जन्माए भने १८ हजार ६ सय ६०
महिलाले गर्भपतन गराए । रेकर्ड शाखा प्रमुख शान्ति वैद्यका अनुसार सरदर
दैनिक ६६ महिलाले गर्भवती सेवा र ५१ ले गर्भपतन गराउँछन् ।

पाटन
अस्पतालको रेकर्डअनुसार गत वर्ष ७ हजार ९ महिलाले बच्चा जन्माएका थिए ।
दुवै अस्पतालको तथ्यांकअनुसार हिउँदमा भर्ना हुनेको संख्या

बढी
छ । यो तथ्यांकअनुसार रोजगारीको खोजीमा सहर पसेका अधिकांश २५ देखि ३५ वर्ष
उमेरका महिलाको सहभागिता बढी छ । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिनु
र निःशुल्क प्रसूति सेवा प्रदान गर्नुले पनि संख्या बढी देखिएको प्रसूति
गृहकी निर्देशक शिला बर्माले बताइन् ।

स्वास्थ्य
मन्त्रालयका अनुसार ०५९ मा वैधानिकता दिइएपछि २ लाख २० हजारभन्दा बढीले
गर्भपतन गरेका छन् । गर्भपतन गराउन मन्त्रालयबाट २ सय १९ संस्थाले अनुमति
पाएका छन् ।

Read Full Discussion Thread for this article