Posted by: Rahuldai February 5, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        

यो प्रतिकृया ऋषी धमला को पक्ष मा पनि होइन, बिपक्षमा पनि होइन। अल्पत्रकारहरु जम्मै पत्रकार हुने देशमा ऋषी धमलाहरु जन्मिनु अनी रातारात हुर्किनु, तिनै को बैशाखिमा राजनीति गर्नु अस्वाभाबिक होइन। सुनिन्छ १० कक्षा समेत पास नगरेका धमला ले राजनैतिक संरक्षणमा नै वरीष्ठ पत्रकार भए।



तर आज बर्तमान सरकार को एउटा निकायले जुन आरोपमा गिरफ्तार गर्‍यो हास्यस्पद छ नै। हातहतियार खरखजाना एन अन्तर्गत। ऋषी धमला बिरुद्ध हातहतियार अबैध राखेको प्रमाणित गर्न मुश्किलाई होला। फिरौती, धम्की, जबर्जस्ती उसुलिमा भए जायज हुन सक्ला।


 


भारतीय दूतबास को हन्दी खाने भनिएका धमला बिरुद्ध अन्य खालको मुद्दा लगाउदा ठुला शक्ती केन्द्र र दूतबास को प्रेसर मा केही गर्न नसक्ने भएकोले हात हतियार र बिद्रोही को मतियार जस्तो संबेदन्शिल मुद्दा लगाएको हुनु पर्दछ, ताकी उनको समर्थन गर्नेहरु समेत आतंकारी घोषणा हुने डर ले अगाडि आउन नसकोस।



तर यो सरकार आँफै आतंककारीहरु को हो कि होइन? बहस को बिषय छ। प्रचण्ड, बाबुराम आँफैले बन्दूक बोकेको हो कि होइन? अझै पनि बन्दूक बोक्ने चम्चाहरु साथ लिएर हिड्छन कि हिड्दैनन। संसद भवन भित्रै हतियार शाहीत प्रबेश गरेको हो कि होइन? हातहतियार खरखजना एन अन्तर्गत तिनलाई पनि गिरफ्तार गर्ने कि?



कतै यी फोटोहरुमा ऋषी धमला त छैनन?


 



यहाँ छ कि, ऋषी धमला  ?



 त्यहा छ कि,ऋषी धमला  ?



उता छ कि, ऋषी धमला  ?


 


Read Full Discussion Thread for this article