छुट्टि लिनै पर्ने भयो शौख जस्तो गरेर पालिरहेको मेरो कामबाट मैले मनमनै सोचेँ अनि भोलिपल्ट बिहानै कुनै अन्जान यात्रा मा दुई चार दिन रन्थनिन जानेछू । यात्राले पक्कै पनि मेरो सामु केहि त
उभ्याईदेला जस्लाई म मेरो चित्रमा उभ्याएर मेरो सृजनामा मिसाउन सकुँ अनि निक्लेको नयाँ रंगलाई म सन्तुष्ट भएर यहि हो मेरो उपलब्धि भनेर मुस्काउनेछु मैले मनमनैँ सान्त्वना दिएँ । मैले सुनेको छु कुनै पनि कुरा मा पारंगतता हाँसिल गर्न बारम्बार गर्नुपर्छ तर सृजना जब जब जन्मिन्छ बारम्बार हुँदा रंग पातलिन्छ । म त्यसैबाट बच्नलाई नै होला यसपल्ट छोटो भगाई भाग्न खोज्दैछु । अचानक मेरो फोनको घण्टि बज्यो ।
“तिमीले चित्र कोर्न छोड्दैछौ रे हो ?” फोन को पल्लो पट्टि स्त्री ध्वनी तरंगित भयो ।अनुहार कस्तो
थियो थाहा छैन तर बोलि पक्कै पनि मधुरो थियो ।
“माफ गर्नुहोला मैले यहाँ लाई चिनिन नि !!!”मलाई अचम्म लाग्यो मैले चित्र कोर्न छोड्ने कुरा बाहिर
फैलाएको पनि छैन कसरी थाहा पाइ उसले ?वा मेरा मनका कुरा बुझ्नलाई संसार प्रयत्न
गर्दैछ ?हुनसक्छ मान्छेको मन अर्को मान्छे को लागि खालि क्यान्भास न हो जसमा उ
आफुले मन लागेको रंग पोखेर उ राम्रो नराम्रो भएको एकोहोरो फैसला सुनाइदिन्छ मेरो
मन पनि दुनियाँको नजरमा नकोरिएको चित्र हो जसलाई दुनियाँ कोरेर तँ यस्तो छस भनेर
मलाइ मेरै अस्तित्वको एकोहोरो फैसला सुनाउनेछ ।
तिम्रो नाम जान्न चाहन्छु तिम्रो अस्तित्व जान्न चाहन्छु !!!” म पनि तिमी सम्बोधन माँ झरेँ
उसले मलाई यति नजिकै बाट बुझेकी छे भने उ पनि पक्कै नजिककै कोहि होली , कोहि होली
मेरो चित्रकी प्रशंसक जस्ले मेरो चित्र हेरेर मलाइ चिन्ने प्रयास गरी यति सम्म को
प्रयासकि मेरा पछिल्ला चित्र हरु मात्र हेरेर पनि उसले मेरो बोली बुझि म दुइ चार
दिनलाई चित्र बनाउन छोड्दैछु भन्ने सम्म बुझि मैले निष्कर्ष निकालेँ ।
स्विकारेँ । म उसलाई केवल उ भनेर चिन्छू ।
“तिम्रा चित्र हरुमा प्रिथकता ,तिम्रा क्यान्भासमा नयाँ रंग !!!”
“किन ?”
“मलाई तिम्रा चित्रहरु एकदमै राम्रा लाग्छन् तर हेर्दै जान्छू मलाई लाग्छ तिमी प्रिथकता खोज्दै जहिल्यै एउटै चोकमा ठोक्किन्छौ !!! कुनै चित्र हेर्दा लाग्छ तिमी त्यो बाटो बाहेक अरु बाटो हिँड्न डराउँछौ ,कुनै चित्र हेर्दा लाग्छ तिमीलाई डर लागेको होईन तिमीलाई अरु बाटोहरुको बाटोमा थाहै छैन ,कुनै चित्र हेर्दा लाग्छ तिमी बुझ पचाईरहेका तिमीलाई अरु बाटो थाहा नभएको ,कुनै चित्र हेर्दा लाग्छ तिमी यहि बाटोमा दक्षता खोज्न चाहन्छौ !!!!!!”
“के तिमीलाई थाहा छ त म के चाहन्छु !!!”
“तिमी आँफैलाई थाहा छैन मलाई कसरि थाहा हुन्छ ?” उ हाँसी ।
“हैन मलाई लाग्यो तिमीले म भन्दा धेरै मलाई बुझेकी छ्यौ !!!”
“हुन सक्छ !!!”
“अब के कोरौँ त म ,तिमी देउ मलाई उपाय म मेरो यात्रा रोक्नेछु , मेरा ब्रश हरु मेरो रंगको डब्बा म अहिल्यै उठाउनेछु तिमी मलाई मात्र विषय देउ आक्रिति देउ !!!!!!”
“तिमी आफ्नो चित्रमा मलाई कोर्न सक्छौ ?”
उसले एकछिन रोकिएर आफ्ना शब्द हरु फ्याँकी ।
मलाई कुरा बुझेको भान भयो । मेरी प्रशंसक मेरो हातबाट आफ्नो तस्विर कोराउन चाहन्छे । त्यो पछि सम्म उसले सजाएर राख्नेछे आफ्नो कोठामा यो उसले बनाएको तस्विर हो भनेर देखाउनेछे जगतलाई र मख्ख पर्नेछे । मैले बेक्कारमा उसलाई विशेष सोचेछु उ मात्र मेरी प्रशंसक हो मात्र जसलाई थोरै थोरै रंगका ग्यानहरु त छन् जसलाई उसले शब्दजाल बुनेर विद्दता देखाई ।
“त्यसो भए कहिले भेट्ने त हामी !!!!” मैले उसलाई जिस्क्याउँदै सोधेँ ।
“मैले कहिले भेट्ने भनेँ र ?”
“चित्र कसरि बन्छ त ?”
“तिमी ले कल्पनामा बनाएको आक्रिति सँग म मेरो अस्तित्व दाँज्न चाहन्छु तिम्रा रंगले कत्तिको आवाज चिन्दो रहेछ म जाँच्न चाहन्छु !!!! म हर रात तिमी सँग फोन मा बिताउनेछु र तिमी मेरो तस्विर आवाज सँग दाँजेर मेरो मुटुको गहिराई चिनेर बनाउनेछौ ! जसरि मैले तिम्रा चित्रहरु बाट मात्र पनि तिमीलाई बुझेकि छु त्यसरि नै तिम्रा चित्रै बाट म आफुलाई पनि बुझ्न सकुँ भन के यो प्रिथक विषय मन्जुर छ ????”
“मन्जुर छ ।“मैले बिस्तारै भनेँ ।
उसले फोन राखि मैले बिस्तारै ब्रश उठाएँ अनि आफ्नो क्यान्भासमा नयाँ भित्तो टाँसे ।