Posted by: crazy_love February 1, 2009
"के छ ?"
Login in to Rate this Post:     0       ?        

 


लौ न, यो फुच्चेले फेरि के गर्ने भयो मेरो नाकलाइ भन्दै म नाकलाइ छाम्न थाले।



"किन चाहियो आन्टिको नाक?" बाउले अलि कडा स्वरमा सोधे।



 


"आन्टिको नाक लानेssssssssssss"भन्दै फुच्चे फेरि रुन थाल्यो। कस्तो मात्तेको फुच्चे रैछ बाइ। नाक पनि झिकेर लाने बस्तु हो कतै?



 


"किन बाबा? आन्टिको नाक किन लाने?" आमाले फकाइ।

"आन्टिको नाक त क्या मजाले चुँइsssss चुँइ ssssssss बज्छ।" बच्चोको कुरा सुनेर आमाबाबु दुबै राता भए, त्यो भन्दा बढी मेरो नाक रन्कियो। कस्तो जमाना आयो? लौ सुन्नु भयो? फुच्चेले त मेरो नाकलाइ सिटि पो भन्ठानेछ। अझ मेरो नाक लगेर बजाउने रे!



 


हे भगवान! मेरो नाकलाइ सिटि होइन, नाकै जस्तो बनाइदेउ प्रभु!


 


भाग-४


भगवानको नाम मात्र के लिएकोथें। निक्कि प्रकट भइ, भगवान साँचिकै रहेछन् भन्ने झन बिस्वास लाग्यो। निक्किले मलाइ आएर अङालो मार्दा कानमा बिस्तारै फुस्फुसाँए "निक्कि! मलाइ जसरी भए पनि लग्, जहाँ भएपनि लग्।"



"के भन्याँ?" ठुलो स्वरले पो कराँउछे उ त झन। फुच्चेले पुलुक्क मलाइ र निक्किलाइ हेर्‍यो। मैले आँखै आँखाले निक्किलाइ मलाइ यहाँबाट लग् भने। उसले अलि नजिकै आएर मेरो समस्या सुनी। त्यतिखेर सम्म फुच्चेले मेरो नाक कुनै पनि हालतमा नपाउने भन्ने थाहा पाइसकेकोथ्यो र घर  जान लागिसकेकोथ्यो।



निक्किले मेरो उदार गरी।



"मेरो प्रिय सखी! आज तंलाइ संसारको आठौं आस्चर्यहरु अबलोकन गराँउछु।" त्यसो भनेको सुन्दा मेरो मुटु ढुक्क फुल्यो। निक्किको कुरा जहिले पनि सुन्दाखेरि २ ले गुणा गर्नु पर्छ र त्यसमा ५ घटाउनु पर्छ। मैले हिसाब किताब राम्रो बुझ्न सकिन। म सोच्दै थेँ, निक्किले मेरो हात समातेर यस्तो ठाँउमा लगी, जहाँ नाचगान भैरहेको थ्यो। सबै उमेरका मान्छेहरु थिए त्यहाँ। डान्सफ्लोर भनौं है एकैछिनलाइ। नाकको ड्युटीलाइ नरोकी म नाचगान हेर्न थाँले। निक्कि मेरो छेउमा बसेर नयाँ अनुहारहरु चिनाउदै थी। मलाइ गज्जब लाग्यो थरि थरिका नाचहरु देखेर, एकैछिनलाइ मेरो नाकलाइ रुघा लागेको छ भन्ने कुरा पनि बिर्सें।



"हे मेरी सखी! ती सुन्दर युबक "वारि जमुना पारि जमुना.......... " जस्तो स्लो गीतमा पनि बेला बेलामा करेन्ट लागे झैं झनझनाँउने गर्दछ। मेरो बिचारमा उनको नजिकै कहिं करेन्टको खुला श्रोत त छैन?" यस्तो कौतुहुलता अगाडि नाचिरहेको युबकको शरीर बेला बेलामा करेन्ट लागेझैँ गरी झनझनाएको देखेर उब्जेको हो साथीहरु! अन्यथा होइन।



"सखी! तेरो अपलक हेराइले ती युबक करेन्ट लागेर झनझनाउने मात्र होइन। अहिले रिङटा लागेर यहिं ढल्न सक्छ। त्यसैले मेरी सखी! उसलाइ एकोहोरो हेर्न छोडिदे। अब उता पनि नजर लगा।" निक्किले बेला बेलामा राम्रै कुरा गर्छे। मैले त्यो युबकको नाचबाट अर्को भलादमीको नाचतिर नजर घुमाँए।


भलादमीको नाच अरु रोचक थियो। उनी आकाशतिर हेर्दै दुबै हात फैलाँउदै फनफनी घुमी रहेका थिए। मेरो सानो दिमागले अझै केहि बुझ्न सकिन र निक्किलाइ सोधें।



"निक्कि! यहाँभित्र पनि कागहरु आँउछन्?"



"घरभित्र कसरी आँउछन् कागहरु? नचाहिने कुरा किन गर्छेस् क्रेजी?"



"मलाइ लाग्छ उहाँ कागलाइ धपाइरहनु भएको छ। तर म उहाँले धपाउनु भएको काग देख्दिन। के यो मेरो आँखाले पनि धोखा दिन थालेको हो?" मैले निक्किलाइ फकाँए।



"हे क्रेजी! त्यो काग आउनु भन्दा पहिले नैं धपाइने नाच हो। तँ चुप लागेर अबलोकन गर्दै जा।"



"ठिटिहरु ! लौ आओ। अब हामीहरु नाच्ने।" एकजना दिदीले निक्कि र मलाइ तान्न थाल्नु भयो। मैले हत्त न पत्त इमर्जेन्सीको लागि "टिस्यु" कोचेँ पाँइटको खल्तीमा। त्यहाँबाट भागेने उपाए थिएन। 7/8 जनाको एक ग्रुप भैसकेकोथ्यो डान्स फ्लोरमा। काग धपाउने भलादमी र करेन्ट लागेको युबक त्यहाँबाट हराइसकेका थे। निक्किले मलाइ कानैमा भनी,"बुझिस्! यो दिदी क्या दामी नाच्नु हुन्छ।" मैले २ ले गुणा गरेर ५ घटाउन बिर्से र निक्किले जे भनी सोझै पत्याँए। आफुलाइ नाच्न आउने भए पो शंका गर्नु। आफु पनि त्यस्तै लुगा सुकाको जस्तो गरेर हल्लिने मात्र हो।



फेरि अर्को थपी" उहिलेको क्लासिकल डान्सर हो नि पि.के. कलेजको।" त्यो पनि बिस्वास गरें। एकछिन कुन गीत बजाउने भन्ने छलफल भयो। आखिरमा दिदीको रोजाको गीतमा नाचिने भयो। दिदीले "आज बार्ह हाते पटुकीको कुरा गर मायालु..........." भन्ने गीत रोज्नु भयो। यो गीत कुन चाहिं नेपाली फिलिमको रहेछ। आजकाल जहाँ पनि त्यहि गीतमा नाच्ने रैछन् नेपालीहरु। दिदी बिचमा, म बाँया, निक्कि दाँया, हाम्रो अघि र पछि पनि अरु केटिहरु थिए। म्युजिक शुरु भयो, ठ्याक्कै तेहि बेला नाक पनि बग्न थाल्यो। आपतकालिन समयको लागि भनेको "टिस्यु" प्रयोग गरें। म्युजिक सकेर " आज बार्ह हाते पटुकीको" मात्र के शुरु भाको थ्यो, दिदी त मलाइ धकेल्दै १२ हातै फनक्कै घुमेर उफ्रिनु भयो, म पछाडी केटिको ढाडमाथि बजारिएं, तुरुन्तै निक्कि पनि मैं माथि लडी। दिदीको १२ हातको फन्को अझै सक्या रैनछ, धन्न गीतमा २० हातको पटुकी रहेनछ बाइ। नत्रभये हामी उठ्नै पाँउदैनथ्यौं। नाच हेर्नेहरु "उठ, उठ" भन्दैथे। उठ्दै गर्दा देखें, मेरो नाक आफै जसको ढाडमा लडेको थिँए, उसैको लुगाले सफा भइसकेको रहेछ। मलाइ उसको ढाडमा लागेको मेरो नाकको निशानीहरु देखेर लाज लाग्यो। उसले थाहा पाउनु अघि जानु पर्छ भनेर उठ्न खोजें।


 उठ्दै गर्दा मलाइ अचानक यस्तो लाग्यो, संसार निकै सुन्दर छ, यो सुन्दर संसारको सबै सुगन्धहरु मेरो नाकले अनुभुत गर्न थालेको छ। मेरो मुखबाट अचानक एउटा शब्द निस्क्यो "खुल्योssss। खुल्योssssssss।"


त्यहाँ भएका सबैले आ-आफ्नो शरीरका कहिले कहिँ बिभिन्न कारणबश खुल्न सक्ने संभाबना भएका अङबाहिरका लुगालाइ निरिक्षण गर्न थाँले।



निक्किले पनि उसको लुगा निरिक्षण गर्दै सोधी "के?"



"मेरो नाक!" मेरो खुशीको सीमाना थिएन। कोठामा ठुलो हाँसो फैलियो।


समाप्त!

Last edited: 01-Feb-09 07:59 PM
Last edited: 01-Feb-09 08:06 PM
Read Full Discussion Thread for this article