Posted by: Geology Tiger January 31, 2009
Should Prithivi Narayan Shah Statue be demolished?
Login in to Rate this Post:     0       ?        

गलत अर्थ नलागोस् तर हामी सीतालाई राष्ट्रिय बिभुती मान्छौ जो ऐतिहासिक भन्दा पनि पौराणिक पात्र हुन्, हामी अंशुबर्मालाई राष्ट्रिय बिभुती मान्छौ जस्को हामीसँग बलियो ईतिहास छैन। तर पृथ्वीनारायण शाहको भने शालिक  पनि मिल्काउन पर्ने? राजा ज्ञानेन्द्रले गरेको अपराधको सजायँ उनको शालिकलाई किन? उनी कम्युनिष्ट नभएर? मानब सभ्यता र समाजको स्वरुप जहिले पनि परिवर्तन भई रहन्छ। नभए मानब समाज ढुङे युग देखी अहिलेको कम्प्युटर प्राबिधिको युग सम्म कहिले पनि आई पुग्दैन थियो होला। पृथ्वीनारायण शाहको समयमा नेपाल मात्र नभएर विश्वका धेरै मुलुकहरु राजाबाट शासित थिए। अहिले पूर्ण गणतन्त्रको नारा लगाएर सारा जनतालाई उल्लु बनाउन खोज्ने माओवादी पनि बहुदलीय ब्यबस्था  मान्छौ भन्दै दोधारे चरित्र देखाउन वाध्य छन्। भबिस्यमा यो बहुदलीय ब्यबस्था पनि सर्बोत्तम ब्यबस्था नहुन सक्छ। पक्कै पनि नेपालको एकीकरण थाल्नुको पछाडि पृथ्वीनारायण शाहको महत्वकांक्ष्याले नै प्रमुख भूमिका खेलेको थियो, पक्कै पनि उन्ले किर्तिपुरका बसिन्दामाथि हीन व्यबहार गरेकै हुन्, तर अहिलेको नेपाललाई अकार दिने थालनी उनैबाट भएको थियो। शायद कम्युनिष्टहरु आफ्नो नेतालाई जिउदैमा बिभुती बनाउछन्। त्यसो भए पृथ्वीनारायण शाहको शालिकको सट्टामा अब हामीले प्रचन्डको शालिक देख्छौ होला। तर माओवादीहरुले बिचार गर्नु पर्ने कुरा के छ भने अहिले दुनियाँलाई बन्दुकको भरमा राज गरेर मात्र हुँदैन, पछीसम्म ख्याती कायम राख्न्न जनाताको मननै जित्नु पर्छ। लेनिनको शालिकहरु त ढलीनै सक्यो अब कुनै पनि दिन माओको शालिकहरुले पनि त्यै नियती भोग्नुपर्ने हुनसक्छ। 

Read Full Discussion Thread for this article