Posted by: ritthe January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        

अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा


हालै पशु पंक्षिमा देखिएको प्राण घातक रोग बर्ड फ्लुको निवारणको लागि बर्तमान सरकारले आवश्यक कदम नचालेको आरोप लगाउदै  देश भरका कुखुराहरुको संगठन अखिल नेपाल कुखुरा संघले माघ २० गते देखी देशब्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ ! संघका अधक्ष्य लोकल बहादुर कुकुकु का अनुसार बर्ड फ्लु को नाममा हालै पशु पंक्षि नस्ट गर्ने काममा बर्ड फ्लुले सन्क्रमित नभएका निर्दोश कुखुराहरुले समेत  ज्यान गुमाउनु परेकोले यस आन्दोलन को घोषणा गरिएको हो ! बर्तमान सरकारको यस्तो कदम प्रती अखिल नेपाल कुखुरा संघ घोर भर्तसना गर्दछ वहाँले भन्नु भयो !


संघका बागमती अञ्चल इन्चार्ज फ्रेश प्रशाद रातोसिउरे ले बर्ड फ्लु को नाममा निर्दोश कुखुरा कुखुरीहरुको हत्यामा बिदेशी चलखेल भएको बताउनु भयो ! हालै एउटा नमुना परिक्षणका लागि लण्डन पठाएकोमा बिषयलाई लिएर रातोसिउरेले हाम्रो आन्तरिक मामलामा बिदेशी हस्तछेप नरुचाउने  समेत बताउनु भयो !

Read Full Discussion Thread for this article