Posted by: BudoBaaje January 26, 2009
बुढोबाजेस्तान को नागरिकता बिक्रिमा
Login in to Rate this Post:     0       ?        

ए रात्तै दुई चार महिना यसो  खैरे खैरी को देँसा के आको उता  नेपाँला त सप्पै सके छन मुसा चलाएर । काटी कुटी  उम्रे देखी खुम्री सम्मा साखा सन्तान  सप्पै    छोरा छोरी मिलेर के रे अंश बन्डा गर्न लागे छन। तीन लाई म नभाको मौका पार्नु परेको । असात्ती  मोरा हरु । दाजु भाई भनेर क्यार्ने हो ? खोट्टो पोइसा को पनि चैने जो केरी भ्यालु  नभाका दन्त द्वारे हरु।  
भन्ने  बेन्ला चै, मुसा चलाएर लौ दाजु जानुस् अली अली कमाएर अनी बिदेश को शिप सिकेर आउनुस् अनी चैने केरे  सगै  मिलेर बिजिनेस गरम्ला नत्र पोइसो ब्यान्का  मै राखेर भये पनि खाम्ला भनेर फकाइ फुल्याये । होन्त घर को अर्थिक अवस्थै जर्जर भैसक्यो भनेर हान्निये आफ्नी भुइसी लिएर। जत्ति डलर् , पाउन्ड, भाट्, रियाल ,भारु  , यान पठाएपनी दुलो परेको डोको जस्तो कहिले नभरिने अरिङाल् हरु को धोक्रो।


अब त केही ले पुगेन मुसा चलाएर ........ अब   
अहिले त दाई हाम्ले त सर  सम्पती जग्गा जमिन सप्पै   बाड्न लाग्यौ भनेर पो चिठ्ठी पठाउछन होइ  
 हैन ऐ कत्ती उदेक उदेक सुन्नु पर्ने हो यहाँ ? 
हुन्छ  हुन्छ । जे गरे पनि हुन्छ मुसा चलाएर । मुला जस्तो बाउ बाजे ले अर्जेको सम्पत्ति  लाई काट् कुट गरेर खाडँला हालेर सिन्की बनाएर खाए पनि हुन्छ । अलिकती काट्नु मधिसे लाई दिनु अलिकती बाहुन लाई , लिम्बु लाई खम्बु लाई, भुजेल लाई , चेपाङ लाई, रेक्सवाला लाई, महिला लाई , टुटल् भाङल् टिना फलाम लाई, किसान लाई , दलित  लाई ,दलक लाई ,  पीडित लाई , पिडाक लाई , मौ बादी , खाउ बादी , आदिबासी , शाहीद परिवार, कोइराला परिवार, शाह परिवार , बरुवाल , थरु वाल , दारु वाल , ब्यापारे ,चेपारे, जन्जाती , माग्नेजाती , चोर्  डाँका का सन्तति ,
एड्स पीडित बादी पीडित, जाली पीडित, थगिएका मासिएका, भगाईएका, भागीएका, लोग्ने मरेका , श्वासनी हराएका, बौ मरेका ,बाउ लाई मारेका  सप्पै   ले लिनु मुसा चलाएर ।


सप्पै लाई देउ  ।  सप्पै ले आफ्नै आफ्नै गरी खाउन । आफ्नो परिवार  बनाउन । हामी बुडा बुडी को भाँगा कती बिघा पर्छ छुट्टै लेराउ यहाँ  मुसा चलाएर ।


अब मो पुनी के लाई काम छु र ? म अनी मेरी भैंसी मिलेर  हामी आफ्नै देश बनाम्ला । म पनि अब गणतन्त्र बुदाबाजेस्तान   को राष्ट्रपती  मेरी  बि बि सि राष्ट्रपतिनी लौ जा । बरु मेरो देश मा बस्ने नागरिक हरु चै खोज्न पर्ला । नेपाँला त सप्पै राजा हुने भै गए   के रे मुसा चलाएर


बरु कसैलाई नयाँ देँसा बस्न भये नागरिकता बिक्रिमा छ है । मेरो बि बि सि लाई फून गरे हुन्छ  है त मुसा चलाएर

Read Full Discussion Thread for this article