Posted by: sapanasansar January 24, 2009
बुढो बाजे सँग मन को कुरा
Login in to Rate this Post:     0       ?        

हन बाजे, नातिनीहरुका बाउ हरु पल्टन बाट आछन् । तिम्रो नातिनीहरुलाई छेउ  मै टसाएर राख्ने बानि पनि थाहा पाछन । तिम्रा त्यो तालु टाउकोमा फुरौंला उठाउने हल्ला चल्याछन ।   त्यहि भएर, म त भन्छु , यो तुलसी को मँठा जाने बेँला, नातिनीहरुलाई छेउमा ल्याम्ने भुल चाँहि नगर है बुढा , बरु कोहि नातिनी तिम्रो छेउमा आए भने हाम्रा घराँ पठाईदेउ, बाउ ससुराली गाछन , आमा माईती गाछन, २ , ३ दिन नभै आम्दैनम् भन्याछन् । ल है बुढा, बरु तिम्लाई गोडा २, ४ कोसा केरा र  गोडा २ जति सुन्तला किन्दिम्ला।  ल बुढा तिमी चाहि राम नाम जपेर बस, अहिले, म त उपल्ला गाउतिर लागे, पल्लाघरे धनीराम कि काईली छोरी, प्याउली ,  पनि त्यतै जादै छे रे , यसो मकै खट्टे खादै म पनि उहि संग उँभो लाग्नु पर्ला  , बरु हाम्रा ढिँया आए भने ,  गोठाँ लएर एसो किला मा अढ्काईदेउ, है बुँढा  ! फेरी भरे फर्केर स्वश्थानी पनि सुन्नु छ ।


थप गुनगुन को लागी http://sapanasansar.com हेर्नुहोला !

Last edited: 24-Jan-09 11:26 PM
Read Full Discussion Thread for this article